IME Life New

चाडपर्व लक्षित टिसीएलले ल्यायो ‘सेलिब्रेट ग्रेटनेस’ योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टीभी ब्रान्ड टीसीएलले यसपालिको दसैँ, तिहार तथा छठलाई लक्षित गरेर ‘सेलिब्रेट ग्रेटनेस’ योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत ग्राहकले टीसीएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। ग्राहकले यो योजनाको लाभ भदौ २६ गतेदेखि नेपालभरि सीमित अवधिका लागि उठाउन सक्नेछन्।

ग्राहकले यस योजनाअन्तर्गत टीसीएलका कुनै पनि टेलिभिजनको खरिदमा ४४ हजार ७०० सम्मको आकर्षक छुट पाउन सक्नेछन्। त्यस्तै वासिङ मेसिन खरिदमा रु १४ हजार ४०० सम्मको छुटका साथै ६ केजीको एरियल मेटिक पाउडर उपहार पनि पाउन सक्नेछन्।

Esewa
Crest

यसैगरी ग्राहकले टीसीएलका सम्पूर्ण क्याटागोरीको एयर कन्डिसनरको खरिदमा रु। ५६ हजार ८०० सम्मको आकर्षक क्यासब्याक प्राप्त गर्नुका साथै रु ४ हजारबराबरको निःशुल्क एसी जडान सुविधा पनि पाउन सक्नेछन्। ग्राहकले टीसीएलको साइड बाई साइड रेफ्रिजरेटरको खरिदमा रु ३१ हजार ८०० सम्मको आकर्षक क्यास ब्याक पाउनुका साथै सीजी इन्डक्सन चुलो सित्तैमा प्राप्त गर्ने सक्नेछन्। यस्तै कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी र फ्री इन्स्टलेसन सुविधा पनि प्रदान गरेको छ।

त्यसैगरी शून्य प्रतिशतमा फाइनान्स सुविधा, पुराना भएका सामान फेरबदल गरी नयाँ सामान लान चाहने ग्राहकका लागि एक्सचेन्ज अफर सुविधा र चाडपर्वका अवसरमा सामान खरिद गर्ने ग्राहकले ‘सीजी लोयल्टी क्लब’को रिवार्ड प्रोग्रामअन्तर्गत लोयल्टी सदस्यहरुले ललितपुरस्थित होटेल विभान्तामा २५५ सम्म छुट पाउन सक्नेछन्।

यी सुविधाका लागि ग्राहकले वेभसाइटमा गएर आफ्नो विवरण दर्ता गर्न सक्नेछन्। कम्पनीका सीजी डिजिटल शोरुमहरु काठमाडौंभित्र टंगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधेराधे, रविभवन, कीर्तिपुर, हात्तीगौँडा, त्रिपुरेश्वर, गट्ठार, टेकु, नयाँबजार र काठमाण्डौबाहिर पोखरा, इटहरी, हेटौँडा र भरतपुरमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS