IME Life New

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको शिलान्यास

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको शिलान्यास भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतले नेपालको आन्तरिक खपतकालागि कोरियन कम्पनीहरुको प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन हालसम्मकै ठूलो २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको शिलान्यास गरेका हुन् ।

मन्त्रीले काठमाडौंमा आज आयोजित विशेष समारोहकाबीच आयोजनाको बाँधलगायतका संरचना निर्माण कार्यको शिलान्यास गरेका हुन् । रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकूमा बाँधलगायतका संरचना र उत्तरगया गाउँपालिका १ मा भूमिगत विद्युत गृह लगायतका संरचनाहरु निर्माणाधीन छन् ।

Esewa
Crest

शिलान्यास समारोहमा माननीय मन्त्रीले नेपालको जलविद्युत विकासमार्फत आर्थिक रुपमा समृद्धि हासिल गर्न यस क्षेत्रमा सरकारले स्वदेशी तथा विदेशी लगानीका लागि वातावरण बनाइरहेको उल्लेख गरे ।

मुख्य रुपमा हिउँदको विद्युत् माग पूरा गर्न आकर्षक रहेकाले नमुना आयोजनाको रुपमा तोकिएकै समयमा सम्पन्न गर्न आवश्यक सहजीकरण गरिने उल्लेख गर्दै उनले जलविद्युत क्षेत्रमा लगानी बढाउन स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई आग्रह गरे ।

समारोहमा आयोजनाको मुख्य लगानीकर्ता कोरिया साउथ–इस्ट पावर (कोइन)का सभापति एमम् प्रमुख कार्यकारी अधिकृत होउ चुन किमले नेपालको अपार जलस्रोतको प्रयोग गरी स्वच्छ हरित ऊर्जाको आन्तरिक रुपमा खपत बढाइ अतिरिक्त भएको ऊर्जा छिमेकी देशहरुमा निर्यात गरी आर्थिक समृद्धि हासिल गर्न र जलवायु परिवर्तनको असर न्यूनिकरणमा ठूलो योगदान गर्न सकिने बताए ।

समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत प्राधिकरण, विद्युत नियमन आयोग, लगानी बोर्ड, नेपाल, विद्युत विकास विभागलगायतका उच्चपदस्थ पदाधिकारीहरु, नेपालका लागि दक्षिण कोरियाका महामहिम राजदूुत पार्क थियोङ, आयोजनामा ऋण प्रवाह गर्ने संस्थाका प्रतिनिधिहरु, निजी क्षेत्रका ऊर्जा उद्यमीहरु लगायतका उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS