काठमाडौं । लगातार बढेको बजारमा आज कारोबारको तेस्रो दिन भने घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १९ दशमलव ४२ अंकले घटेर १,९६७ दशलमव ५७ को विन्दुमा कायम भएको छ । आज ३३ कम्पनीको शेयर मुल्य बढेको छ भने १९१ कम्पनीको शेयर मुल्य घटेको छ । आज म्युचुअल फण्ड बाहके सबै उपसूचक घटेका छन् ।
आज सबैभन्दा धेरै शुभम पावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । सामलिङ पावरका लगानीकर्ताले ७ दशमलव ५८ प्रतिशतका दरले कमाएका छन् । अपर स्ंङागे हाइड्रोका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै थ्री स्टार हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । अज यस कम्पनीक ालगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । सुपर मादीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका छन् ।