काठमाडौं । साताको दोश्रो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक १९८६ दशमलव ९९ विन्दुमा बन्द भएको हो। ४४ दशमलव ३० अंकले बढेको बजार प्रतिशतमा २ दशमलव २८ प्रतिशतले बढेको हो ।
सोमावरको फ्लोरसिट हेर्दा ब्रोकर नम्बर १३ ले सर्वाधिक कारोवार गरेको छ । ब्रोकर नम्बर १३ बाट ९ करोड १ लाखको खरीद हुँदा १० करोड ७२ लाखको विक्री भएको छ । त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ५८ ले सर्वाधिक रकमको कारोबार गरेको छ । ब्रोकर नम्बर ५८ बाट ७ करोड ६१ लाखको खरिद हुँदा ९ करोड ६ लाखको विक्री भएको छ ।
लगातार दुई कारोबार दिन बढेको बजारमा १ अर्ब ५१ करोडको शेयर कारोबार भएको छ ।