IME Life New

भारतमा थप १ सय ८० मेगावाट बिजुली निर्यात

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले हिजो भदौ २४ गते रातिदेखि थप १ सय ८० मेगावाट बिजुली निर्यात सुरु गरेको छ । १ सय १० मेगावाट बिजुली ढल्केबर मुजफ्फरपुर प्रसारणलाइनबाट र ७० मेगावाट महेन्द्रनगर टनकपुर प्रसारणलाइनबाट निर्यात गरेको हो ।

ढल्केबर मुजफ्फरपुर प्रसारणलाइनबाट यसअघि ४ सय ५२ मेगावाट निर्यात हुँदै आएको थियो । उक्त बिजुलीको दैनिक फरक मूल्य तय हुने गरेको थियो । अब यही प्रसारणलाइनबाट भारतको हरियाणा राज्यलाई प्राधिकरणले भारतीय ५ रुपैयाँ २५ पैसामा ५ वर्षका लागि नियमित रुपमा निर्यात गर्न लागेको हो ।

Esewa
Crest

गत मंगलबार भारतको विद्युत व्यापार निगमले निर्यातका लागि प्राधिकरणलाई अनुमति दिएको थियो । महेन्द्रनगर टनकपुर प्रसारणलाइनबाट यसअघि बिजुली आयातमात्रै हुने गरेको थियो । आजदेखि कुल ६ सय ३२ मेगावाट बिजुली भारतमा निर्यात गरिने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS