Connect IPS
IME Life

भारतमा थप १ सय ८० मेगावाट बिजुली निर्यात

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले हिजो भदौ २४ गते रातिदेखि थप १ सय ८० मेगावाट बिजुली निर्यात सुरु गरेको छ । १ सय १० मेगावाट बिजुली ढल्केबर मुजफ्फरपुर प्रसारणलाइनबाट र ७० मेगावाट महेन्द्रनगर टनकपुर प्रसारणलाइनबाट निर्यात गरेको हो ।

ढल्केबर मुजफ्फरपुर प्रसारणलाइनबाट यसअघि ४ सय ५२ मेगावाट निर्यात हुँदै आएको थियो । उक्त बिजुलीको दैनिक फरक मूल्य तय हुने गरेको थियो । अब यही प्रसारणलाइनबाट भारतको हरियाणा राज्यलाई प्राधिकरणले भारतीय ५ रुपैयाँ २५ पैसामा ५ वर्षका लागि नियमित रुपमा निर्यात गर्न लागेको हो ।

Prabhu
Crest

गत मंगलबार भारतको विद्युत व्यापार निगमले निर्यातका लागि प्राधिकरणलाई अनुमति दिएको थियो । महेन्द्रनगर टनकपुर प्रसारणलाइनबाट यसअघि बिजुली आयातमात्रै हुने गरेको थियो । आजदेखि कुल ६ सय ३२ मेगावाट बिजुली भारतमा निर्यात गरिने प्राधिकरणले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS