IME Life New

माईखोला हाइड्रोपावरको वार्षिक साधारण सभा स्थगित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सहित असोज ९ गतेका लागि बोलाइएको माईखोला हाइड्रोपावरको वार्षिक साधारण सभा स्थगित भएको छ । भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले अर्को निर्णय नभएसम्मका लागि उक्त साधारण सभा स्थगित गर्ने निर्णय गरेको हो ।

यस अघि सार्वजनिक सूचनामा कम्पनीले लर्ड पार्टी भेन्यु, धुम्बाराही, काठमाडौंमा विहान ९ बजे सभा गर्ने जानकारी दिएको थियो । प्राविधिक कारणले उक्त दिन सभा गर्न नसक्ने भएको जानकारी कम्पनीले पुनः सूचना जारी गर्दै गराएको हो ।

Esewa
Crest

कम्पनीले हाल कायम चुक्तापूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रूपैयाँको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सहित साधारण सभा आब्हान गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS