IME Life New

नेशनल हाइड्रोपावरको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ १३ गतेदेखि विक्री गरेको अवितरित हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले १० बराबर ५ अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको हकप्रद बिक्री गरेधको थियो ।

कम्पनीले असार २९ गतेदेखि साउन १८ गतेसम्म १० बराबर ५ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८२ लाख २१ करोड ४५९।७१७८ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। सोमध्ये आवेदन परेको ६८ लाख ८४ हजार ७१७ कित्ता हकप्रद शेयर, साउन ३० गते बाँडफाँड गरेको थियो। कम्पनीले बाँकी रहेको १३ लाख ३६ हजार ७४२।७१७८ कित्ता शेयर लिलाम बिक्री गरेको थियो ।

Esewa
Crest

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्याका लागि भने कुनै हद लाग्ने छैन।

लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका, ठिमी भक्तपुर, कुमारीपाटी ललितपुर, इटहरी, इलाम, पृथ्विचोक पोखरा, बुटवल, विराटनगर, वीरगंज, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुर शाखा कार्यालयबाट बोलपत्र आवेदन फाराम पाउन र बुझाउन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS