IME Life New

माण्डु हाइड्रोपावरको आइपीओ बाँडफाँड, १ लाख २० हजार ५३२ जनाले पाए शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ बाँडफाँड गरेको छ । उक्त आइपीओ आज बिक्री प्रबन्धक प्रभु क्यापिटलले बाँडफाँड गरेको हो । क्यापिटलका अनुसार आइपीओमा कुल १० लाख १६ हजार ७ सय १४ जनाको आवेदन प्राप्त भएको थियो । जस मध्ये ८ लाख ७२ हजार ८ सय ३७ जनाको आवेदन योग्य भएको थियो । १ लाख ४३ हजार ८ सय ७७ जना आवेदक शेयर पाउन अयोग्य भएका छन् ।

क्यापिटलका अनुसार मागभन्दा बढीको आवेदन परेकोले गोलाप्रथा मार्फत शेयर बाँडफाँड गरिएको छ । जस मार्फत १ लाख २० हजार ५ सय ३२ जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएको छ ।

Esewa
Crest

क्यापिटलका अनुसार १ लाख ४१ हजार २ सय ९६ जनाको आवेदन रद्द भएको थियो । त्यस्तै, दोहोरो आवेदन परेको ५७८ जनाको आवेदन रद्द गरिएको हो । स्थानीयको शेयर पाएका ४९ जनाले पनि आवेदन दिएकोले उनीहरुको पनि आवेदन रद्द भएको छ । वैदेशिक रोजगारीको आरक्षणको शेयर पाएका १९ सय २३ जनाले पनि आवेदन दिएकोले उनीहरुको पनि आवेदन रद्द भएको छ । कर्मचारीको आरक्षणको शेयर पाएका ८ जनाले पनि आवेदन दिएकोले उनीहरुको पनि आवेदन रद्द भएको छ । कम्पनीका २३ जना प्रमोटरले पनि आइपीओमा आवेदन दिएकोले उनीहरुको पनि आवेदन रद्द गरिएको क्यापिटलले जनाएको छ ।

कम्पनीले जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको २ प्रतिशत अर्थात २ लाख ७२ हजार ७३० कित्ता शेयर प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा बाँडफाँड नभएको ७९ लाख ३० कित्ता सहित गरी कुल १३ लाख ६ हजार ३०६ कित्ता शेयर निष्काशन गरेको थियो ।

सोमध्ये २८ हजार ८५३ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ भने ७२ हजार १३३ कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ। कम्पनीले बाँकी रहेको १२ लाख ५ हजार ३२० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बाँडफाँड गरेको हो।

आइपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS