IME Life New

यस साता नेप्सेमा सामान्य गिरावट, सबै उपसूचक घट्दा यस्तो देखियो बजारको अवस्था

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा बिक्री चाप आएसँगै यस साता नेप्से परिसुचक २ दशमलव ९२ अंकले घटेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन नेप्से परिसुचक १९९० दशमलव ५९ को विन्दुमा गएर बन्द भएको थियो भने यो साताको अन्तिम कारोबार विहीबार नेप्से परिसूचक १९३२ दशमलव ४५ को बिन्दुमा गएर बन्द भएको छ ।

यो साता आइतबार नेप्से १९९० दशलमव ८२ मा खुलेर १९६० दशमलव ७८ को विन्दुमा बन्द भएको थियो । सोमबार बजार १९६७ दशलमव ८३ मा बन्द भएको थियो । यसै साताको मंगलबार नेप्से १९६१ दशमलव ३७ को विन्दुमा बन्द भएको थियो भने विहीबार १९३२ दशलमव ४५ को विन्दुमा बन्द भएको थियो ।

Esewa
Crest

यो साताको अन्तिम दिन अर्थात भदौ २१ गते दोस्रो बजारमा १ अर्ब १५ करोडको शेयर कारोबार भएको छ । अघिल्लोे साताको अन्तिम दिन अर्थात भदौ १३ गते दोस्रो बजारमा १ अर्ब १३ करोडको शेयर कारोबार भएको थियो । अघिल्लो साताको तुलनामा यस साता सबै उपसूचकमा गिरावट आएको छ ।

यस साता सबैभन्दा धेरै होटल एण्ड टुरिजम उपसूचकमा गिरावट देखिएको छ । अघिल्लो साताको तुलनामा होटल एण्ड टुरिजम उपसूचक ४ दशमलव ८४ प्रतिशतले घटेको छ । दोस्रो धेरै घट्ने उपसूचक हाइड्रोपावर रहेको छ । अघिल्लो साताको तुलनामा यस साता हाइड्रोपावर उपसूचक ४ दशलमव ६४ प्रतिशतले घटेको देखिएको छ । निर्जीवन बीमा उपसूचक ३ दशमलव ५८ प्रतिशतले घटेको छ ।
त्यस्तै, अघिल्लो साताको तुलनामा बैंकिङ उपसूचक २ प्रतिशतले घटेको छ । विकास बैंक उपसूचक २ दशमलव ४१ प्रतिशतले घटेको छ । फाइनान्स उपसूचक ३ दशलमव २३ प्रतिशतले घटेको छ । इन्भेष्टमेन्ट उपसूचक २ दशलमव ७२ प्रतिशतले घटेको छ । जीवन बीमा उपसूचक ३ दशलमव ५० प्रतिशतले घटेको छ । उत्पादनमुलक उपसूचक २ दशलमव १६ प्रतिशतले घटेको छ । मायक्रोफाइनान्स उपसूचक २ दशलमव ८२ प्रतिशतले घटेको छ । म्युचुअल फण्ड उपसूचक २ दशलमव २२ प्रतिशतले घटेको छ । अन्य उपसूचक ३ दशलमव ११ प्रतिशतले घटेको छ भने ट्रेडिङ उपसूचक ० दशलमव २० प्रतिशतले घटेको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS