IME Life New

साविक सानिमा लाइफले घोषणा गर्यो नयाँ बोनसदर, बीमितले अधिकतम ७० रुपैयाँ पाउँदा कुन योजनामा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साविक सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९को लागि नयाँ बोनसदर कायम गरेको छ । नेपाल बीमा प्राधिकरणको भदौ ५ गते स्वीकृत भई कम्पनीले यस अवधिसम्मको बीमाङ्कीय मूल्याङ्कन अनुसार बोनसदर घोषणा गरेको हो । कम्पनीले मुनाफामा सरिक हुने सम्पूर्ण जीवन बीमालेखहरु, मृत्यु दाबी, चुक्ता मुल्य दाबीको लागि उक्त अवधिसम्म लागु हुनेगरी बोनसदर घोषणा गरेको हो । अहिले साविक सानिमा लाइफ र साविक रिलायन्स लाइफ एक आपसमा मर्ज भएर सानिमा रिलायन्स लाइफ बनेका छन् ।

कम्पनीले यस अवधिसम्मको लागि न्युनतम १९ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ । बीमा कम्पनीले प्रकाशन गरेको यस बोनसदरलाई हेर्ने हो भने १५ देखि १९ वर्ष अवधिको बीमा पोलिसीमा बीमितको आकर्षण धेरै देखिएको छ । कम्पनीको विभिन्न अवधिका पोलिसीहरुमध्ये सबैभन्दा धेरै बीमितहरुले १५ देखि १९ वर्ष अवधिको पोलिसी रुचाएको देखिन्छ ।

Esewa
Crest

सवाधिक जीवन बीमा योजना(रेगुलर)
कम्पनीले यस बीमा योजनामा न्युनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ । ० देखि ९ वर्ष अवधिको लागि प्रतिहजार ३५ रुपैयाँ बोनस दिने घोषणा गरेको छ । १० देखि १४ वर्ष अवधिको लागि पनि प्रतिहजार ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथि अवधिको लागि ७० रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ ।

सवाधिक जीवन बीमा योजना(एकल)
कम्पनीले यस बीमा योजनामा न्युनतम ३५ रुपैयाँदेखि ६५ रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ । ० देखि ९ वर्ष अवधिको लागि प्रतिहजार ३५ रुपैयाँ बोनस दिने घोषणा गरेको छ । १० देखि १४ वर्ष अवधिको लागि पनि प्रतिहजार ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४३ रुपैयाँ र २५ वर्षदेखि माथि अवधिको लागि ६५ रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ ।

त्रिपल सवाधिक बीमा योजना
कम्पनीले यस बीमा योजनामा न्युनतम २० रुपैयाँदेखि ३० रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ । १० देखि १४ वर्ष अवधिको लागि पनि प्रतिहजार २० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि २० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि २५ रुपैयाँ र २५ वर्षदेखि माथि अवधिको लागि ३० रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ ।

दम्पति सवाधिक बीमा योजना
कम्पनीले यस बीमा योजनामा न्युनतम २० रुपैयाँदेखि ३० रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ । १५ देखि १९ वर्ष अवधिको लागि २० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि २५ रुपैयाँ र २५ वर्षदेखि माथि अवधिको लागि ३० रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ ।

सवाधिक तथा आजीवन बीमा योजना
कम्पनीले यस बीमा योजनामा न्युनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ । ० देखि ९ वर्ष अवधिको लागि प्रतिहजार ३५ रुपैयाँ बोनस दिने घोषणा गरेको छ । १० देखि १४ वर्ष अवधिको लागि पनि प्रतिहजार ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथि अवधिको लागि ७० रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ ।

अग्रिम भुक्तानी बीमा योजना यस बीमा पोलिसीको १० देखि १४ वर्ष अवधिको लागि प्रतिहजार ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ३७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४२ रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ ।

त्यस्तै वार्षिक अग्रिम भुक्तानी बीमा योजनाको १५ देखि १९ वर्षको लागि प्रति हजार १९ रुपैयाँ र २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार २१ रुपैयाँ बोनसदर कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%
happy

खुसी

20%
sad

दु :खी

20%
amazed

अचम्मित

20%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS