IME Life New

दाबी लिन गाह्राे छ भन्ने मान्यता ताेड्दै बीमा कम्पनीले वर्ष दिनमै गरे रू. ८२ अर्ब दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं। बीमा कम्पनीले एक वर्षकाे अवधिमा ८२ अर्ब रूपैयाँभन्दा बढी रकम दाबी भुक्तानी गरेका छन् । गत आव भरमा बीमा उद्याेगले बीमितलाई बीमा दाबीवापत कूल ८२ अर्ब ५० कराेड रुपैयाँ दाबी भुक्तानी दिएकाे छ।

जीवन बीमा कम्पनीले २ लाख ५४ हजार ७९८ दाबीवापत कूल ५८ अर्ब ९८ कराेड रुपैयाँ दाबी भुक्तानी गरेका छन् । निर्जीवन बीमकले कूल १ लाख ६२ हजार २५४ दाबी वापत २३ अर्ब ५२ कराेड रुपैयाँ दाबी भुक्तानी गरेका छन् ।

Esewa
Crest

पछिल्लाे समयमा जीवन बीमा कम्पनीहरुमा ठूलाे बीमा‌ंककाे बीमा गर्ने क्रम बढेसँगै मृत्यु दाबीवापत समेत ठूलाे रकम दाबी भुक्तानीवापत बाहिरिन थालेकाे छ। यसबाहेक पुराना जीवन बीमा कम्पनीहरूले १५ वर्षदेखि २० वर्षसम्मकाे अवधिकाे लागी गरेकाे बीमाकाे दाबी भुक्तानी पनि क्रमशः शुरू भएकाले समेत दाबी भुक्तानीमा दबाब परेकाे हुनसक्छ। यसबाहेक लघु वित्तमार्फत् बिक्री गरिएका लघु बीमालेखका कारण समेत स सानाे रकमकाे दाबी बढेकाले समेत कूल दाबी भुक्तानीकाे अंकमा वृद्धि भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS