Connect IPS
IME Life

फोनपेले तयारी गर्यो नेपाल र भारतबीच क्रस बोर्डर क्युआर भुक्तानीको सेवा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल र भारतबीच क्रस बोर्डर क्युआर भुक्तानी सेवा सुरु गर्ने तयारी भएको छ । नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालक फोनपे र भारतको नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (NPCI) को अन्तर्राष्ट्रिय शाखा एनआईपी यलु (NIPL: NPCI International Payments Limited) द्वारा नेपाल र भारत बीच पहिलो क्रस बोर्डर क्युआर भुक्तानी सेवा सुरु गर्ने तयारी भएको छ ।

यो ऐतिहासिक साझेदारी को सुरुवात ग्लोबल फिन्टेक फेस्ट २०२३ मा भएको थियो जहाँ हरेक वर्ष फिन्टेक दूरदर्शीहरू र नवप्रवर्तकहरूको विश्वव्यापी भेटघाट हुने गर्छ। फोनपे, र एनआईपी यल (NIPL) बीचको यस सहकार्यले, दुबै राष्ट्रका लाखौं नागरिकहरूलाई, यी दुई नेटवर्कमा आबद्ध मोबाईल एप प्रयोग गरी विभिन्न स्टोरहरूमा क्युआर (QR) कोड मार्फत सुरक्षित र सहज रूपमा भुक्तानी गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ।

Prabhu
Crest

उक्त सेवाको लागि दुबै कम्पनीले सञ्चालन तयारी पूरा गरिसकेका छन् र प्राविधिक एकीकरण अन्तिम प्रक्रियामा रहेको छ। प्राविधिक एकीकरणको समाप्ति पश्चात यी दुई कम्पनीहरू, आफ्नो नेटवर्कमा आबद्ध सदस्यहरुलाई सेवा प्रदान गर्न सक्षम हुने छन्, जसको अनुरुप लाखौँ उपभोक्ता र व्यापारीहरूले यस सेवाको लाभ लिन सक्नेछन्। दुई कम्पनी बीचको यस रणनैतिक साझेदारीले दुबै देशमा डिजिटल भुक्तानी परिवेशमा उल्लेख्य बढावा दिनेछ र अन्तर्राष्ट्रिय बजारमा फराकिलो पहुँचका लागि एउटा प्रमुख पाइलाको रुपमा साबित हुने कम्पनीले जनाएको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS