IME Life New

दराज नेपालले सुरुवात गर्यो नयाँ उद्यम दराज लाइक न्यू

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दराज नेपालले आफ्नो नयाँ उद्यम दराज लाइक न्यू (DLN)को सुरुवात गरेको छ । स्थानीय बिक्रेताहरूलाई सहयोग गर्ने मुल उद्देश्यका साथ यो नयाँ उद्यम सुरुवात गरेको दराजले जनाएको छ। प्रयोग गरिएका फोनहरू विक्री गर्नको लागि प्लेटफर्म प्रदान गरेर, स्थानीय उद्यमीहरूलाई सशक्त बनाउन लागिएको दराजले जनाएको छ। दराजका अनुसार यसले विक्रेताहरूलाई उच्च गुणस्तर, मूल्य र मापदण्डहरू पूरा भएका फोनहरू किन्न सक्षम बनाउँछ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक तथा ई–वेस्ट व्यवस्थापन अभियन्ता डा ज्योति गिरीले दराज र DLN लाई ई–वेस्ट न्यूनीकरण गर्नको लागि गरिएको भूमिकाको लागि प्रशंसा गरे । त्यसैगरी, DLN को लागि दराज प्लेटफर्ममा विक्रेता तथा “सबको फोन” का संस्थापक उत्तम काफ्लेले प्रयोग भएका फोनको विक्री वितरणमा ढाढस पुग्ने भन्दै प्लेटफर्म उपलब्ध गराएकोमा दराजप्रति आभार व्यक्त गरे।

Esewa
Crest

दराज नेपालकि प्रबन्ध निर्देशक आँचल कुँवरले किनमेलमा मात्र नभई समाजमा योगदान पुर्याउन पनि परिवर्तनको पहल पनि गर्न दराज सधैं अगाडि रहेको बताइन्। उनले भनिन् “हामीले हाम्रो प्लेटफर्म मार्फत गुणस्तरीय प्रविधि धेरै भन्दा धेरै मानिसहरूलाई पहुँचयोग्य बनाउँदै अव्यवस्थित बजारलाई व्यवस्थित गराउदै दिगोपनलाई पनि सन्तुलनमा राख्ने लक्ष्य राखेका छौ । ”

यसले ग्राहकहरुलाई प्रयोग गरिएका फोनहरूको अवधारणा उजागर गराउदै उनिहरुमाझ यसप्रतिको विश्वास र सन्तुष्टि जगाउने दराजले बताएको छ। यही पहलमार्फत दराज नेपालले टिच बजारमा गुणस्तरीय, किफायती, र दिगो उन्नतीतर्फ अग्रसर गराउने योजना तयार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS