IME Life New

आइपीओ निष्काशन गर्ने प्रस्ताव सहित साङ्गे विद्युतले डाक्यो साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साङ्गे विद्युत कम्पनी लिमिटेडले आइपीओ निष्काशन गर्ने प्रस्ताव सहित असोज ९ गते साधारण सभा डाकेको छ । कम्पनीको सभा केन्द्रीय कार्यालय, त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजेदेखि अनलाइन मार्फत बस्ने जनाएको छ ।

कम्पनीको सभाले आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को नगद लाभांश (कर सहित) प्रस्ताव अनुमोदन गर्नेछ । आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०७८/७९ र २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

Esewa
Crest

त्यस्तै, कम्पनीको प्रबन्धपत्र, नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायको निर्देशनमाप्रबन्धपत्र, नियमावलीमा आवश्यक थपघट गर्नुपर्ने भए सो सम्बन्धी कार्य गर्नका लागि कम्पनीको संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS