Connect IPS
IME Life

नेप्सेमा ७ अंकको सुधार, १ अर्ब ९ करोडको कारोबार हुँदा १२६ कम्पनीको शेयर मुल्य बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिजो घटेको बजारमा आज भने समान्य अंघले बढेको छ । आज नेप्से परिसूचक ७ दशमलव ०४ अंकले बढेर १,९६७ को विन्दुमा कायम भएको छ । आज १२६ कम्पनीको शेयर मुल्य बढेको छ भने ८९ कम्पनीको शेयर मुल्य घटेको छ । आज फाइनान्स बाहेक सबै उपसूचक बढेका छन् ।

आज दिनभरिमा २७० कम्पनीको ३४ लाख ३२ हजार २६७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको ५ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ३ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । दोल्ती पावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । ग्रिन भेञ्चर्सका लगानीकर्ताले ९ दशलमव ९५ प्रशिततका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै लिवर्टी इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले गुमाएका छन् । कुमारी धनबृद्धि योजनाका इकाईधनीले ७ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS