IME Life New

एक्चुअरियल साइन्सका लागि त्रिविले खुल्ला गर्‍याे भर्ना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । त्रिभूवन विश्वविद्यालय अन्तर्गतकाे गणित विज्ञान स्कूलले बीमांकी विज्ञान(एक्चुअरियल साइन्स) विषयमा स्नातक तहमा भर्ना खुल्ला गरेकाे छ । चार वर्षे स्नातक तहमा अध्ययनका लागी कक्षा १२ वा साे सरहकाे परिक्षामा गणित वा वाणिज्य गणित विषय लिएर जुनसुकै संकायबाट उतीर्ण विद्यार्थीले आवेदन दिन सक्नेछन् ।

सूचना अनुसार कक्षा १२ उतीर्ण हुँदा सबै विषयमा कम्तीमा सि  ग्रेड ल्याएकाे हुनुपर्नेछ। भदाै २६ गतेसम्म ईच्छुक विद्यार्थीले भर्नाका लागी आवेदन दिन सक्नेछन् । दाेब्बर आवेदन दस्तुर तिरेर भदाै २७ देखि २९ गतेसम्म आवेदन दिन सकिने समेत जानकारी त्रिविले दिएकाे छ। भर्ना आवेदन फारमका लागी २ हजार रुपैयाँ शुल्क निर्धारण गरिएकाे छ।

Esewa
Crest

त्रिवि गणित विज्ञान स्कूलकाे वेबसाइट htpps://smstu.edu.np/online-application मा अनलाइन माध्यमबाट आवेदन फारम भर्न सकिनेछ। साथै आवेदन फारम भर्दा फाेटाे, एसइइ वा एसएलसी र कक्षा १२ काे ट्रान्सक्रिप्ट प्रमाण पत्रका साथै नेपाल बैंक लिमिटेड किर्तिपुर शाखाकाे TU School of Mathematical Sciences काे बैंक खाता नम्बर ०४५००१०६२७६४०१०००००१ मा नगद जम्मा गरेर वा कनेक्ट आइपिएसमार्फत् वा माेबाइल बै‌ंकिङ मार्फत् रकम जम्मा गरेकाे भाैचर समेत अनलाइन आवेदनमा प्रविष्ट गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS