IME Life New

भगवती हाइड्रोपावरको आइपीओ बाँडफाँड मिति तय, कतिले पाउँछन् शेयर ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आइपीओ भोली अर्थात भदौ १८ गते, सोमबार बाँडफाँड हुने भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा भोली बिहान ९ बजे बाँडफाँड हुने जनाएको छ ।

कम्पनीले भदौ ५ गतेदेखि ८ गतेसम्म सर्वसाधारण लगानीकर्तालाई ७ लाख १२ हजार २२० कित्ता शेयर निष्काशन गरेको थियो। अन्तिम दिनसम्ममा कम्पनीको आइपीओमा १३ लाखभन्दा बढी आवेदन परेको थियो। धितोपत्र बाँडफाँड निर्देशिका अनुसार मागभन्दा बढी आवेदन परेकोले कम्पनीको आईपीओ बाँडफाँड गोलाप्रथा प्रक्रियामार्फत हुनेछ। यस अनुसार ७१ हजार २२२ जनाले कम्पनीको शेयर प्राप्त गर्नेछन्।

Esewa
Crest

आइपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपि त्रीपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले प्रबर्धन गरिरहेको ४.५ मेगावाटको विजयपुर १ साना जलविद्युत आयोजनाको कुल अनुमानित लागत ७९ करोड ६८ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत १७ करोड ७० लाख रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS