IME Life New

हामी कुनै पनि मित्र राष्ट्रविरुद्ध प्रयोग हुँदैनौंः अर्थमन्त्री डा. महत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले राज्यको क्षमता, राष्ट्रिय संरचनाको क्षमता, आर्थिक, सामाजिक नीतिलाई सशक्त ढंगबाट कार्यान्वयन गर्ने क्षमता र परराष्ट्र सम्बन्धलाई सशक्त ढंगले प्रस्तुत गर्ने क्षमता नेपालले विकसित गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । बिहीबार इन्स्टिच्युट फर स्टाटेजी एन्ड सोसियो इकोनोमिक रिसर्चले आयोजना गरेको साना राज्यको क्षमतासम्बन्धी गोष्ठीमा नेपालमा नेभिगेटिङ प्रतिस्पर्धा र परराष्ट्र नीतिका प्राथमिकताहरुबारे सम्बोधन गर्दै मन्त्री डा. महतले भने, ‘प्रतिस्पर्धाको बीचमा हामीले कसरी हाम्रो प्राथमिकता सेट गर्नुभन्दा अगाडि हामीले हाम्रो क्षमता वृद्धि गर्नुपर्ने आवश्यकता छ ।’

यो क्षमता वृद्धि नभएकाले आर्थिक क्षेत्रमा विश्व समुदायले नेपाललाई ‘स्मल टाइनी’ उपाधि दिइरहेका छन् । हाम्रो अर्थतन्त्र सानो भएकाले यो विशेष मन्त्री डा. महतले बताए । ‘सानो वा ठूलो देशले आफ्नो देशलाई केन्द्रविन्दूमा राखेर परराष्ट्र नीति सञ्चालन गरेका हुन्छन् । कस्तो खालको परराष्ट्र नीति अवलम्बन गर्दा राष्ट्रहित र राष्ट्रिय स्वार्थको परिपूर्ण हुन्छ, त्यसैका आधारमा परराष्ट्र नीति सञ्चालन हुनुपर्ने’ मन्त्री डा. महतले भने, ‘हामीले पनि त्यही गर्नुपर्छ । हामीले सोच्ने भनेकै देशका लागि हो ।’

Esewa
Crest

चाइना, भारत वा अमेरिकासँग हामीले डिल गर्दा हामीले हाम्रा कुरालाई बढी प्राथमिकतामा राखेर कुरा गरियो भने नेपालले आफ्नो कुरा गरिरहेको छ भनेर उनीहरुले बुझ्छन्, त्यो स्वभाविक भएको उहाँले बताउनुभयो ।

हामीले हाम्रा कुरा सुस्पष्ट, आधार र तथ्यांकसहित प्रस्तुत हुनुपर्ने उनको भनाइ छ । कार्यक्रममा उनले भने, ‘यो आवश्यकता र अधिकार हो भनेर प्रस्तुत हुने हो भने हामीले धेरै अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुनेछ । गुडविललाई हामीले सहयोगमा रुपान्तरण गर्न सक्छौं । यो सम्भावनालाई हामीले पूर्णरुपमा उपयोग गर्न सकेका छैनौं ।’

यसरी सुस्पष्ट ढंगले प्रस्तुत हुने हो भने छिमेकले कतै नेपाल मेरो विरुद्धमा त छैन भनेर प्रश्न गर्न सक्छन्, त्यसबाट हामी मुक्त हुन्छौं, मन्त्री डा. महतले भन्नुभयो, ‘हामी कुनै पनि मित्र राष्ट्रविरुद्ध प्रयोग हुँदैनौं, हामीले हाम्रो हित मात्र हेरिरहेका छौं बुझाइ हुन्छ ।’

हाम्रो आफ्नै राजनीतिक व्यवस्था र खुला समाज छ । हाम्रो आवश्यकता अनुसार त्यसलाई हामी परिमार्जित गर्दै लैजान्छौं । यी कुरा हामीले सम्बन्धित राष्ट्रलाई सुस्पष्ट ढंगबाट भन्नुपर्छ । हाम्रो छिमेकी राष्ट्रसँगको सम्बन्धमा हामीले हाम्रो राजनीतिक व्यवस्था के छ र हाम्रो आस्था के छ ? भन्ने आधारमा हाम्रो सम्बन्धको व्याख्या हुनुपर्छ ।

नेपालका धेरै मानिस बाहिर छन्, यहाँ क्षमतावान मानिसको अभाव हुन थाल्यो । अहिले विदेशमा रहेको डायसपोरा दोस्रो पुस्ता हो । ब्रेनड्रेन कसरी रोक्ने एउटा ठूलै चुनौति हामीसँग छ । विदेशमा एउटा सिस्टमभित्र बसेर काम गर्नुपर्छ, नयाँ केही गर्न सकिँदैन तर नेपालमा धेरै गर्न बाँकी छ, प्रशस्त अवसर छन् । अवसरलाई सुष्म आँखाले हेर्नुपर्ने अर्थमन्त्री डा। महतको भनाइ छ ।

‘हालै म एउटा कार्यक्रममा क्यानडा गएँ । कार्यक्रम सकिएपछि नेपाली समुदायसँग भेटघाट गरें । मैले प्राप्त गरेको सूचनाअनुसार धेरै विद्यार्थीको त्यहाँ बेहाल छ । नेपालमा गुणस्तरीय शिक्षा नभएर मात्र उनीहरु त्यहाँ गएका होइनन, त्यहाँको विश्वविद्यालय पैसा कमाउने उद्योग हुन्’ मन्त्री डा. महतले भन्नुभयो, ‘जो क्षमतावान छन्, जसले छात्रवृत्ति पाएका छन् उनीहरुलाई नजाउ भन्न मिल्दैन ।’

‘आर्थिकरुपमा हामी स्थापित हुन् राजनीतिक स्थायित्व चाहिन्छ । यसमा केही समस्या छन्, हाम्रो निर्वाचन प्रणालीमा सुधार आवश्यक छ । समानुपातिक व्यवस्थालाई कायमै राखेर पनि निर्वाचन प्रणाली सुधार गर्ने ठाउँ छन्’ अर्थमन्त्री डा। महतले भन्नुभयो, ‘यदि निर्वाचन प्रणालीमा सुधार गर्न नसकिए पनि राजनीतिक स्थायित्वका लागि हामीले गम्भीर छलफल चलाउनुपर्छ । राजनीतिक स्थायित्व भयो भने हाम्रो आर्थिक क्षमता बढ्छ । आर्थिक नीतिलाई निरन्तरता र कार्यान्वयनले सहज बनाइदिन्छ । हामी आर्थिक क्षमता बढाउन सक्छौं, हामीसँग प्रशस्त सम्भावना छ । म यस कुरामा निराश छैन ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS