Connect IPS
IME Life

पठाओले शुरु गर्यो निःशुल्क फुड डेलिभरी सुविधा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालको अग्रणी राइड शेयरिङ सेवा प्रदायक पठाओ नेपालले अबदेखि निःशुल्क फुड डेलिभरी सुरु गरेको छ । ‘रेस्टुरेन्टको दाममा घरमै खाम’ भन्ने नाराका साथ पठाओले बिहान ९ बजेदेखि मध्यरात १२ बजेसम्मका सबै फुड अर्डरहरु निःशुल्क डेलिभरी सुरु गरेको जनाएको छ ।

पठाओ नेपालले सेप्टेम्बर २४ मा आफ्नो पाँचौं वार्षिकोत्सब मनाउँदैछ । आफ्नो वार्षिकोत्सबलाई लक्षित गर्दै कम्पनीले वार्षिकोत्सब महिनाको पहिलो दिन निःशुल्क डेलिभरी योजना सार्वजनिक गरेको हो। यो महिना अरु पनि विभिन्न योजना र सहुलियत सार्वजनिक गर्ने कम्पनीको योजना छ । बिहान ९ बजे देखि राती ३ बजे सम्म फुड डेलिभरी गर्दै आएको पठाओ फुडले मध्यरात १२ बजेदेखि तीन बजेसम्म अवधीको फुड डेलिभरीमा भने १५० रुपैयाँ शुल्क लिनेछ ।

Prabhu
Crest

गत जुन १० देखि जुन ३० सम्म कम्पनीले फुड फेस्ट सम्पन्न गरेको थियो । त्यसक्रममा कम्पनीले डेढ लाखभन्दा बढी अर्डर डेलिभरी गरेर फुड डेलिभरीमा नयाँ रेकर्ड कायम राखेको थियो । सो फुड फेस्ट पछि कम्पनीको दैनिक अर्डर पनि बढेको थापले जानकारी दिए । फुड फेस्ट बाहेक पनि पठाओ फुडले हरेक दिनजसो विभिन्न अफरहरु ल्याएर आफ्ना सेवाग्राहीहरुलाई विभिन्न छुटहरु दिइरहेको छ । कम्पनीले ६ सयभन्दा बढी रेष्टुरेन्टबाट सेवा प्रदान गरिरहेको पठाओ फुडले ग्राहकलाई सबैभन्दा छिटो डेलिभरी गरिरहेको कम्पनीको दावी छ ।

नेपालमा सन् २०१८ को सेप्टेम्बर २४ देखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्ट ९ देखि कार लाइट ट्याक्सी सेवा सुरु गरेको हो। सन् २०२० सेप्टेम्बर २४ मा पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा सुरु गरेको थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS