IME Life New

आज अन्तिम दिन माण्डु हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको आइपीओमा अन्तिमसम्म ९ लाख बढीले आवेदन दिएका छन् । सिडिएसका अनुसार बुधबार साँझ ५ः०६ बजेसम्म ९ लाख ८० हजार ५३ जनाले २ अर्ब २० करोड ३२ लाख ३७ हजार ९८० रुपैयाँ बराबरको १ करोड ६ लाख ९५ हजार ३३० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँड गरेपश्चात भदौ १० गतेबाट सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको थियो ।

Crest

कम्पनीले जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको २ प्रतिशत अर्थात २ लाख ७२ हजार ७३० कित्ता शेयर प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा बाँडफाँड नभएको ७९ लाख ३० कित्ता सहित गरी कुल १३ लाख ६ हजार ३०६ कित्ता शेयर निष्काशन गरेको थियो ।

सोमध्ये २८ हजार ८५३ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ भने ७२ हजार १३३ कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ। कम्पनीले बाँकी रहेको १२ लाख ५ हजार ३२० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बाँडफाँड गरेको हो।

आइपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS