Connect IPS
IME Life

शाओमीले बजारमा ल्यायो प्याड ६, यस्ता छन् विशेषता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले ११ इन्चको डिस्प्ले, क्वालकम स्न्यापड्रागन ८७०, १४४ हर्ट्ज रिफ्रेस रेट, ८८४० एमएएच ब्याट्री भएको शाओमी प्याड ६ रिलिज गर्ने भएको छ।

केवल ४९० ग्राम तौल र ६.५१ मिलिमिटर चौडाई भएको यो प्याड ६ एकदमै हलुका र उपयोगी छ। यसका साथै आईपी ५३ रेटेड भएकोले यसले कुनै पनि समस्या बिना केहि मात्रामा पानी र धुलो पनि ह्यान्डल गर्न सक्छ। ई–मेल र कलजस्ता कामका लागि प्रयोग गर्न सकिने ट्याब्लेट खोजिरहेका व्यक्तिहरुका लागि शाओमी प्याड ६ एउटा कम्प्याक्ट अल–इन–वान सोल्युसन हो। यसका साथै भिडिया हेर्ने वा संगीत सुन्ने जस्ता रमाइलो कुराहरुका लागि पनि शाओमी प्याड ६ प्रयोग गर्न सकिन्छ। शाओमीले यस प्याड ६ सँगसँगै शाओमी प्याड ६ किबोर्ड र शाओमी स्मार्ट पेन सेकेन्ड जेनेरेसन पनि रिलिज गर्ने तयारी गरेको छ।

Prabhu
Crest

लन्चका बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर, मनु मनस्वीले भने, ‘शाओमी प्याड ६ बजार मा ल्याउन पाउँदा हामी उत्सहित छौँ । हामीले सबैको जीवनलाई अझ राम्रो बनाउन सुविधाहरुले भरिपूर्ण डिभाइस ल्याउन कडा मेहनत गरेका छौ। यसको आकर्षक डिजाइन र शक्तिशाली क्षमताहरुका साथ, हामी विश्वस्त छौं कि शाओमी प्याड ६ सबैको मनपर्ने नयाँ ग्याजेट हुनेछ।’

शाओमी प्याड ६ को मूल भागमा शक्तिशाली स्न्याप्ड्रागन ८७० प्रोसेसर छ। एउटा यस्तो पावरहाउस जसले उपभोक्ताहरुलाई संधै सबैभन्दा अगाडि राख्ने ग्यारेन्टी दिन्छ। यस किसिमको प्रोसेसरका साथ कार्यहरु निर्बाध रुपमा एकान्तरण गर्न सकिन्छ। रिसोर्स– इन्टेन्सिभ एप्लिकेशनहरु कार्यान्वयन गर्न सकिन्छ, र एक छरितो पर्फर्मेन्स अनुभव गर्न सकिन्छ। जसका कारण सहज रुपमा प्रयोगकर्ताका  मागहरु पूरा हुन्छ।  स्न्याप्ड्रागन ८७० प्रोसेसरले मल्टिटास्किङ र एप म्यानेजमेन्टको सहज एग्जिक्युशन सुनिश्चित गर्दै एक उत्तरदायी र गतिशील ट्याब्लेट प्रयोग गर्ने अनुभव प्रदान गर्दछ।

शाओमी प्याड ६ को स्ट्राइकिङ २७.९४ सेन्टिमिटर (११ इन्च) को डिस्प्लेमार्फत उत्तम भिजुअल ब्रिलियंस प्राप्त गर्न सकिन्छ। यसको २८८०ह१८०० पिक्सेल र उल्लेखनीय ३०९ पीपीआईको प्रभावशाली रिजोल्युसनको संकलनमा बेजोड स्पष्टतासंग प्रत्येक इमेज र भिडियो जीवित हुन पुग्छ। यसको १४४ हर्ज रिफ्रेस रेटले सहज एनिमेसन र ट्रान्जिसनको ग्यारेन्टी दिन्छ। त्यसैगरी ५५० निट्स (टिपिकल) सम्मको ब्राईटनेसले उज्यालो वातावारनमा पनि मनमोहक भिजुअलहरु सुनिश्चित गर्दछ। १ बिलियन भन्दा बढी रङहरु समर्थन गर्न सक्ने र डिसिआई – पि थ्री संग कम्प्याटिबिलिटि  भएको शाओमी प्याड ६ ले जीवन्तता र ट्रु–टु–लाईफ प्रतिनिधित्वद्वारा चिनिने एक असाधारण भिजुअल अनुभव प्रदान गर्दछ।

शाओमी प्याड ६ को क्यामेराको क्षमताहरु संग, जो कोहीले आफ्नो रचनात्मक अभिव्यक्ति को उपयोग गर्न सक्छ। यसको १३ एमपी रियर क्यामेराले ३० एपपिएसमा ४ के भिडियो रेकर्डिङहरु गर्न सहज बनाउँछ। जसले गर्दा जीवनका अनमोल क्षणहरुलाई आश्चर्यजनक परिशुद्धताका साथ क्याप्चर गर्न सकिन्छ। एडभेन्चरलाइ डक्युमेण्ट गर्न होस् वा कन्टेन्ट क्रिएट गर्न, शाओमी प्याड ६ एक असली साथीको रुपमा काम गर्दछ। यसको ८ एमपी को फ्रन्ट क्यामेरा ३० एपपीएसमा फुल एचडी भिडियो रेकर्ड गर्न सक्षम छ र भिडियो कल र सेल्फी पनि क्लियर देखाउँछ।

एक ८८४० एमएएच (टिपिकल) ब्याट्री संग सुसज्जित शाओमी प्याड ६ ले दिनभरि निर्वाध गतिविधि को सुविधा प्रदान गर्दछ जसका कारण उपभोक्ताहरुले निरन्तर रुपमा पावर आउटलेट खोजिरहनु पर्दैन। शाओमी प्याड ६ संग प्रोडक्टिभिटि र मनोरञ्जन बीच निर्बाध रुपमा ब्याट्री सकिने चिन्ता बिना शिफ्ट गर्न सकिन्छ। ट्याब्लेटहरुमा हुने  पोटेन्शियललाई इष्टतम रुपमा उपयोग गर्न सक्षम शाओमी प्याड ६ निरन्तर प्रयोग गर्न सकिन्छ।

भदौ १५ गते बाट बजारमा उपलब्ध हुने यो फोन ११ भदौ देखि १४ भदौसम्म दराजमा प्रि–बुकिङको लागि उपलब्ध हुनेछ। शाओमी प्याड ६ नेपालमा मिस्ट ब्लू र ग्रेफाइट ग्रे गरी दुई रङमा दुईवटा स्टोरेज भेरियन्टहरुमा उपलब्ध हुनेछः ६+ १२८ जीबी र ८+२५६ जीबी। नेपालमा शाओमी प्याड ६ को ६+१२८ जीबी भेरियन्टको मूल्य रु. ३९ हजार ९९९ रहेको छ र ८+२५६ जीबी भेरियन्टको मूल्य रु. ४३ हजार ९९९ रहेको छ।

शाओमीको इनोभेशनप्रति प्रतिबद्धताअनुरुप यस कम्पनिले स्मार्ट पेन सेकेन्ड जेनेरेसन अनावरण गरेको छ। थ्री–एक्सिस एक्सेलेरोमिटरसँग जोडिएको, यो उन्नत स्टाइलसले शाओमी प्याड ६ लाई कम्प्लिमेन्ट गर्दछ। जसले सहज र सटिक लेखन र ड्रबिङ अनुभव प्रदान गर्दछ। नोट लिन होस्, आइडिया स्केचिङ गर्न होस, वा रचनात्मक अभिव्यक्ति गर्न, शाओमी स्मार्ट पेन सेकेन्ड जेनेरेसनले यसको १५०–घन्टा ब्याट्री लाईफसंग विचारहरुको निर्बाध फ्लो सुनिश्चित गर्दछ। इन्हान्ड्स सेन्सिटिभिटि र एर्गोनोमिक डिजाइनले यसलाई क्रिएटिभिटि एक्सप्रेस गर्नको लागि पर्फेक्ट टूल बनाउँछ।

शाओमी प्याड ६ को अतिरिक्त, शाओमीले प्रस्तुत गर्दछ शाओमी प्याड ६ कीबोर्ड, जसले प्रोडक्टिभिटिलाई नयाँ उचाइमा पुर्याउँछ। प्रयोगकर्ताहरुले ल्यापटप जसरी प्रयोग गर्न, ई–मेल संरचना गर्न, कागजात निर्माण गर्न र नोट–लिन जस्ता कार्यहरु सरल बनाउन सजिलैसँग किबोर्डलाई आफ्नो प्याड ६ मा कनेक्ट गर्न सक्नुहुन्छ। स्लिक डिजाइन र रेस्पोन्सिभ कुञ्जीहरु प्रस्तुत गर्दै, शाओमी प्याड ६ किबोर्डले दक्षता प्रवर्द्धन गर्दै र परिष्कृत क्षमताहरुलाई सक्षम पार्दै शाओमी प्याड ६ ट्याब्लेटलाई बहुमुखी कार्यस्थानमा रुपान्तरण गर्छ।

शाओमी प्याड ६ ले यसको उन्नत कनेक्टिभिटीका फिचरहरुका कारण जस्तोसुकै लोकेसनमा पनि अटल कनेक्टिभिटि सुनिश्चित गर्दछ। यसको ब्लुटुथ ५.२ र वाईफाई ६ को समर्थन र ८०२.११ ए/बिजी ले उच्च–गति र भरपर्दो इन्टरनेट कनेक्शन प्रदान गर्दछ। चाहे त्यो काम होस् कन्टेन्ट स्ट्रिमिङ, वा वेब ब्राउजिङ, शाओमी प्याड ६ ले सबैभन्दा महत्त्वपूर्ण मामिलाहरुमा निरन्तर कनेक्सनको ग्यारेन्टी दिन्छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS