Connect IPS
IME Life

प्याज तथा गोलभेडामा उपभोक्ताले खपत कम गर्नुपर्छः महासचिव गजुरेल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल कृषि उपज आलु प्याज आयात–निर्यात तथा थोक विक्रेता संघका महासचिव प्रकाश गजुरेलले प्याज तथा गोलभेडामा उपभोक्ताहरुले संयमताका साथ खपत कम गर्नुपर्ने बताएका छन् । महासचिव गजुरेलले विश्व बजारमा नै प्याज अभाव भएकाले ९० प्रतिशत आयात गर्ने देश नेपालमा उपभोक्ताहरुले राष्ट्रिय हीतका लागि भएपनि प्याज खपत कम गर्नुपर्ने बताएका हुन् ।

उनले विश्व आर्थिक मन्दीको अवस्थामा रहेको बेलामा नेपालीहरुले मूल्य वृद्धि सन्तुलनको लागि दैनिक आवश्यक वस्तु चामल, तरकारी बाहेकका वस्तुको खपत केटौति गर्नुपर्ने बेला आएको बताए । आम नेपाली उपभोक्ताले राष्ट्रिय हीतको लागि भएपनि सोच्नुपर्ने बेला आएको उनले जानकारी दिए ।

Prabhu
Crest

उनले विश्व वजारमा प्याज अभाव भइरहेको बेला ९० प्रतिशत वस्तुहरु आयात गर्ने देशले प्याज लगायातका वस्तुलाई खपत कम गर्ने अभियान चलाउन आवश्यक देखिएको बताए । सरकारले पनि प्याज तथा गोलभेडा जस्ता तरकारीजन्य कृषि उपजका वस्तुहरु आन्तरिक उत्पादनमा जोड दिन आवश्यक रहेको बताए । उनले विश्व बजारबाट आयात हुने वस्तु प्रतिवन्ध हुँदा आन्तरिक खपतको लागि आवश्यक उपाय राज्यले सोच्नुपर्ने बताएका छन् ।

उनले भने, हामी कहाँ नभएको चिजहरु, जसरी अहिले विश्व आर्थिक आक्रान्त अवस्थामा छ । यो अवस्थामा बढिरहेको अत्यधिक मूल्य वृद्धिलाई सन्तुलनमै मिलाउनका लागि भएपनि दैनिक नभई नहुने दाल भात, तरकारी बाहेकका कुरालाई सकेसम्म कटौति गरेर यो राष्ट्रिय हीतका लागि पनि सम्भावना बोकेको हुनाले गर्न सकिने कुरा रह्यो । आह्वान गर्न सकिन्छ । कत्तिको सहज रुपमा लिनुहुन्छ, उपभोक्तामा भर पर्ने कुरा हो । विश्व बजारमा अभाव भइरहेको बेला, चरम आर्थिक मन्दी भइरहेको बेलामा धेरै जसो ९० प्रतिशत इम्पोर्ट गर्ने वस्तुलाई खपत कम गरौं, उपभोग कम गरौं भन्न सकिन्छ ।

प्याज खपतलाई कम गर्न आम उपभोक्ताले पनि संयमता अपनाएर अलिकति कम खपत गरिदिनुभयो भने देशको लागि र आन्तरिक उत्पादनलाई जोड दिनुपर्छ । विश्व अर्थतन्त्रमा परेको असरले भनेर आयातलाई रोकिसकेपछि त हामी कहाँ उत्पादन गर्ने प्रविधि के त भनेर राज्यले ल्याउनुपर्ने हो । अहिलेसम्म राज्यले पोलिसीहरु ल्याएको त देखिँदैन ।’

उनले विश्व बजारमा नै प्याजको मूल्य वृद्धि भएको भन्दै मूल्य घटाउने उपाय नभएको बताए । प्याज आयातमा असहजता रहेकाले पनि प्याजको मूल्य वृद्धि उच्च रुपमा भएको बताए । कालोबजारी बढ्ने खतरा भएपनि अहिले व्यवसायीहरुले गोदाममा समेत प्याज नभएको बताउने गरेको उल्लेख गरे ।

उनले भने, विश्व वजारमा नै प्याजको मूल्य बढेको छ । यसको खपतलाई अलिकति न्युन गरेर खपत घटाउने विषयमा छलफल गर्नुपर्छ । भारतको उत्पादन क्षेत्रबाटै बढेकोले अरु घटाउने उपाय त छैन । प्याजको मूल्य अस्वभाविक रुपमा बढ्यो भन्नुको अर्थ के हो भने भारतले पनि जुन समयसम्म सामान्य रुपमा निर्यात गथ्र्यो । एक्स्पोर्ट गर्ने उसलाई बन्द गर्न ४० प्रतिशत थप ड्युटि चार्ज लगाएको छ । त्यसले गर्दाखेरी सहज रुपमा आउन सकेको अवस्था छैन । त्यसकारणले नै हो जस्तो लाग्छ । त्यसले आपूर्तिलाई अलिकति असहज गरेको छ । त्यस्तो भएपछि बजार असहज भएको हो । कालोबजारीको कुरा त हामीले भन्नसक्ने अवस्था रहेन । केही व्यवसायीहरुले अतुलनीय रुपमा सोचेको भन्दा बढी खाएका होलान् । घरमा लुकाएर, गोदाममा माल छैन भनेको देखिँदैन । अर्थमन्त्री कहाँ हामी डेलीगेसन जाँदाखेरी,रोष्टमबाट बोलेको कुरा सुन्दाखेरी आन्तरीक उत्पादनलाई जोड दिन जुन हामी आयात गर्छौं ।

उनले बजारमा कृषिजन्य वस्तुहरुको मूल्य वृद्धि उच्च हुँदा मुलुकमा आयात नगर्ने नीति राज्य बनाउन आवश्यक रहेको बताएका छन् । व्यवसायिक सहजताको लागि राज्यको नीतिगत व्यवस्था राम्रो हुन आवश्यक रहेको समेत उनको भनाई छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS