IME Life New

संसदीय समिति सभापतिको निर्वाचन भदौ ११ गते हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । संसदीय समिति सभापतिको निर्वाचन भदौ ११ गते हुने भएको छ । बिहीवार सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतक, सचेतकहरुको बैठकले भदौ ११ गते १० वटै विषयगत समिति सभापतिको निर्वाचन गर्ने निर्णय गरेको हो ।

यसको निम्ति भदौ १० गतेदेखि नै प्रक्रिया प्रारम्भ हुने नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले जानकारी दिए । उनले यसको निम्ति आजै सूचना प्रकाशित हुने बताए ।

Esewa
Crest

उनले भने, ‘संसदीय समितिका सभापतिहरुको अविलम्व निर्वाचन गर्नुपर्ने, टुंग्याउनुपर्ने विषयमा भयो । ११ गते सबै १० वटा विषयगत समितिको सभापतिहरुको निर्वाचन हुनेछ । १० गते सभापतिको उम्मेदवार चयन प्रक्रिया आरम्भ हुनेछ । यसरी अब प्रतिनिधि सभाका विषयगत समितिका सबै समितिले नेतृत्व पाउने कुराको सुनिश्चितता भएको छ । आजै सूचना प्रकाशित हुनेछ ।आज यही महत्वपूर्ण निर्णय भएको छ ।’

बैठकमा सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा(माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डे, नेकपा(एमाले)का सचेतक महेश बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र प्रतिनिधि सभाका महासचिव भरतराज गौतमको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS