काठमाडौं । हिजो पनि बढेको बजारम आज पनि दोहोरो अंकको बृद्धि देखिएको छ । आज शेयर बजार नेप्से परिसूचक २९ दशमलव ४७ अंकले बढेर २,०४५ को विन्दुमा कायम भएको छ । आज २०४ कम्पनीको शेयर मुल्य बढेको छ भने २० कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबै उपसूचकमा हरियाली छाएको छ । आज सबैभन्दा धेरै हाइड्रोपावर उपसूचक बढेको छ आज यस उपसूचक २ दशमलव ७४ प्रतिशतले बढेको छ । आज २७३ कम्पनीको ४२ लाख ३७ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५१ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै घोराही सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सोल्टी होटलको ७ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइएमई लाइफको ५ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एशियन लाइफको ४ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कुथेली बुखरीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । ग्लोबल आइएमई ब्यालेन्स फण्डका इकाईनीले ९ दशलमव ६४ प्रतिशतका दरले कमाएका छन् । लिबर्टी इनर्जीका लगानीकर्ताले ९ दशलमव ४५ प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै, आज सबैभन्दा धेरै सिटिजन सुपर ३० म्युचुअल फण्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ७ दशमलव ४२ प्रतिशतका दरले गुमाएका हुन् ।