IME Life New

नयाँ शुल्क लागू नहुँदा सम्म सर्भेयर संघले बहिष्कार जारी राख्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा सर्भेयर संघ नेपाल र राष्ट्रिय बीमा कम्पनीबीचकाे विवाद तत्कालका लागी मत्थर भएकाे छ । संघले माग गरेकाे सर्वेक्षण सेवा शुल्क सम्बन्धमा दुबै पक्षबीच लामाे समयदेखि विवाद रहँदै आएकाे छ।

नेपाल बीमक संघ र बीमा सर्भेयर संघ नेपालबीच २०७२ चैत २१ गते सम्झौता भई २०७३ बैशाख १ गतेदेखि लागू हुने गरी गर्नुपर्ने सर्भेक्षण शुल्क राष्ट्रिय बीमा कम्पनीले लागू नगरेको भन्दै स‌ंघले  साउन १ गतेदेखि कम्पनीलाई सेवा दिन बहिष्कार गर्न सम्पूर्ण सर्भेयरलाई आह्वान गरेकाे थियाे ।

Esewa
Crest

म‌ंगलबार भएकाे वार्तामा २०७३ सालदेखिकाे भुक्तानी हुन बाँकी रहेकाे सर्वेक्षण शुल्क भुक्तानीका लागी राष्ट्रिय बीमा कम्पनीकाे उच्च व्यवस्थापनले सहमति जनाएकाे  स‌ंघका अध्यक्ष मोहन पुरुष ढकालले जानकारी दिए।  यसबाहेक थप तिर्नुपर्ने शुल्ककाे सम्बन्धमा लेखा परिक्षण भइसकेकाे र आर्थिक वर्ष समाप्त भइसकेकाे हुँदा लागू गर्न नसकिने जानकारी कम्पनीले संघका प्रतिनिधिलाई गराएकाे छ।

सर्वेक्षणशुल्कमा एकरूपता गर्नका लागी कम्पनीकाे सञ्चालक समिति समक्ष स‌ंघले प्रस्ताव गरेकाे सेवा शुल्क पेश गर्ने र स्वीकृती भएकाे जानकारी पाएलगत्तै सेवा पुनः  शुरू गर्ने सहमति भएकाे संघले जानकारी दिएकाे छ ।अध्यक्ष ढकालले भने नयाँ सेवा शुल्क दर लागू नभएसम्म हामीले राष्ट्रिय बीमा कम्पनीलाई क्षति मूल्यांकन सम्बन्धी सेवा दिनेछैनाै‌ं ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS