Connect IPS
IME Life

संसदको अवरोध हटाउन सभामुख र राष्ट्रिय सभा अध्यक्षले भुमिका खेल्न सकेनन्ः वामदेव गौतम

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संसदको अवरोध हटाउन सभामुख र राष्ट्रिय सभा अध्यक्षले भुमिका खेल्न नसकेको बताएका छन् । मंगलवारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले संसदमा भइरहेको अवरोध हटाउनका लागि सभामुख र राष्ट्रिय सभा सदस्यले भुमिका खेल्न नसकेको बताएका हुन् ।

उनले संसदमा भइरहेको अवरोध हटाउने जिम्मेवारी सम्बन्धित सदनको अध्यक्षको हुने बताए । संसदको अवरोध हटाउन सरकार सहयोगी हुने भएपनि सरकारले गरेन भन्ने गरिएको उनले बताए । उनले कसैलाई मन लाग्दैमा जस्तोसुकै बोल्ने गरिएको र संसद अवरोध गर्ने गरिएको भन्दै संविधान निर्माण गर्ने र निति, कार्यक्रम पास गर्ने थलो यस्तै हुन्छ ? भनेर प्रश्न गरे । उनले जनताको बहुदलिय जनबादलाई आफ्नो मार्गदर्शकिय सिद्धान्त मान्नेहरुले संसद अवरोध गरिरहेको उल्लेख गर्दै जनताको बहुदलिय जनवादको सिद्धान्तले यही भन्छ भनि प्रश्न गरे ।

Prabhu
Crest

उनले भने, ‘अवरोध भइरहेको छ संसद तर त्यसको मुख्य जिम्मेवार त्यो सदनको अध्यक्षको हुन्छ । राष्ट्रिय सभामा राष्ट्रिय सभा अध्यक्षको हुन्छ । प्रतिनिधि सभामा सभामुखको हुन्छ । मैले त्यो अवरोध हटाउनको निम्ति भुमिका खेलेको जस्तो महशुस गर्न सकिन । यद्यपी मैले थाहा नपाएर पनि त्यो हुनसक्छ । यद्यपी सरकारले गरेन, सरकारले गरेन भनेर भन्ने मैले सुन्छु । सरकार सहयोगी हुन सक्छ । यहाँको निम्ति, सदनको निम्ति अध्यक्षभन्दा माथि अर्को छैन ।

प्रतिनिधि सभाको निम्ति सभामुख हो । तर राष्ट्रिय सभाको निम्ति राष्ट्रिय सभाको अध्यक्ष हो । हामी कस्तो संस्कार, संस्कृतिसहितको सदन हाम्रो पुस्ताहरुलाई दिन चाहान्छौँ रु समाजवाद पनि यही संसदबाट निर्माण गर्ने भनेर हामीले संकल्प गरेका छौँ र जनताको बहुदलिय जनवादलाई मान्नेहरुले संकल्प गरेका छन् । के यस्तै हुन्छ संविधान निर्माण गर्ने थलो रु यस्तै हुन्छ नीति, कार्यक्रम पास गर्ने थलो रु जे मन लाग्यो त्यही गरेको छ । जसलाई जे मन लागेको छ त्यही बोलेको छ । नियम चाहिँदैन । संविधान चाहिँदैन । केही पनि चाहिँदैन ।

उनले शुन्य समय र विशेष समयमा बोल्ने कुरालाई बैठकको कार्यसूचीमा उल्लेख नगर्ने गरेकोप्रति असन्तुष्टि जनाउँदै यसलाई पनि बैठकको कार्यसूचीमा उल्लेख गर्नुपर्ने बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS