काठमाडौं । साताको पहिलो र दोस्रो दिन घटेको बजारमा आज भने दोहोरो अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक १७ दशमलव ६९ अंकले बढेर २,०१५ दशमलव ९८ को विन्दुमा कायम भएको छ । आज १८१ कम्पनीको शेयर मुल्य बढेको छ भने ४२ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै कुथेली बुखरीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । इङवाका लगानीकर्ताले ८ दशलमव ९१ प्रतिशतका दरले कमाएका छन् । माइ खोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ८ दशमलव ९० प्रतिशतका दरले कमाउका छन् ।
आज सबैभन्दा धेरै लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ४ दशमलव ४२ प्रतिशतका दरले गुमाएका हुन् । सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४ दशमलव १९ प्रतिशतका दरले गुमाएका छन् ।