IME Life New

सुन तस्करीको अनुसन्धान सिआईबीले नै टुंगोमा पुर्‍याउँछः गृहमन्त्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ६१ किलो सुन तस्करीको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले नै टुंगोमा पुर्याउने बताएका छन् । आइतवार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताए ।

सुन प्रकरणको सम्बन्धमा सिआईबीले अनुसन्धान गरिरहेको र सिआईबीले नै यसलाई टुंगोमा पुर्याउने दाबी गरे । उनले संसद गतिरोध अन्त्य गर्ने सन्दर्भमा छलफल सकारात्मक भएको बताए ।

Esewa
Crest

उनले भने, ‘संसदको अवरोध अन्त्य गर्ने सन्दर्भमा बैठक केन्द्रित थियो । राम्रोसँग छलफल भएको छ, आज नै निस्कर्षमा पुगेको छैन । तर छलफल सकारात्मक छ । हामीलाई विश्वास छ, भोलिसम्ममा निस्कर्ष सकारात्मक निस्केला र पर्सिसम्ममा सदन खुल्ला की भन्ने आशावादी छौँ । सुन प्रकरणको सम्बन्धमा सिआईबीले अनुसन्धान गरिरहेको छ । सिआईबीले नै यसलाई टुंगोमा पुर्याउनेछ ।’

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS