Connect IPS
IME Life

काठमाडौं महानगरपालिकाबिरुद्व फुटपाथ व्यवसायीहरु उत्रिए आन्दोलनमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं महानगरपालीकाले सडक व्यापारीहरुलाई बिस्थापन गर्न खोजेको भन्दै व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । सडक व्यापार गर्ने साना व्यवसायीहरुले महानगरपालीकाको कदमबिरुद्ध आईतवार काठमाडौंमा भेला भइ प्रदर्शन गरेका हुन् ।

काठमाडौं महानगरले जबरजस्ती विस्थापन गर्न खोजेको भन्दै साईकल, ठेलागाडा, फुटपाथमा व्यवसाय गर्ने व्यवसायीहरु र केही सर्वसाधारण आन्दोलनमा उतिएका छन् । व्यवसायीको आन्दोलनमा सहभागी कानून व्यवसायी सुविन मुल्मीले काठमाडौं महानगरले सडक व्यापारीहरुलाई गरिखान नदिएको बताए । उनले गैरकानूनी रुपमा व्यवसायीहरुले सामान महानगरले खोसेको भन्दै कानूनी रुपमा नै उनीहरुको समुचित व्यवस्थापन गर्नुपर्ने बताए ।

Prabhu
Crest

सडक व्यापारलाई कानूनले रोकेको अवस्था नरहेको बताउँदै महानगरले गैरकानूनी रुपमा व्यवसायीहरुको सामान खोसेर लिलाम गरी पैसा कमाउने काम गरेको आरोप समेत लगाए ।

मुल्मीले भने, सडक व्यापारीहरुलाई गरिखान दिइरहेको अवस्था छैन । उहाँहरुको सामान गैरकानूनी रुपमा खोसिएर लिलाम गरिएको अवस्था छ । सडक व्यापारलाई कानूनी रुपमा नै व्यवस्थापन गर्न आग्रह गर्न आएका हौं । सडक व्यापारलाई कानूनले रोकेको अवस्था छैन । कानूनले अनुमति वा दर्ता गरेर गर्नुपर्छ भनेको छ । तर, अनुमति लिने प्रावधान बनाएकै छैन । त्यो त काठमाडौं महानगरपालीकाको ऐनमा नै छ ।

नगरपालीकाले त्यसरी सामान खोस्न पाउँदैन । कुनैपनि ऐन कानूनमा लेखेको छैन । फोहोरमैला व्यवस्थापन ऐन जोडिएको छ, स्थानीय सरकार ऐन जोडिएको छ, त्यो दुई वटैमा लेखिएको छैन । गैरकानूनी रुपमा उहाँहरुको सामान खोसेर लिलाम गरी पैसा कमाउने काम गरिएको छ । त्यो सबै गैरकानूनी हो । त्यसको बिरोध गर्न जो गरिब जनताहरु हुनुहुन्छ, कुनै उपाय, विकल्प नभएर सडकमा ठेला व्यापार चलाउनुभएको छ, त्यस्तोलाई व्यवस्थापन गर्नुपर्छ । कार्यतालीका नै राखेर अनुमति दिने सिस्टम बनाउनुपर्छ । गरिबको पेटमा लात हान्न मिल्दैन । उनीहरुलाई गरिखाने व्यवस्था गरिनुपर्छ । सडक व्यापारलाई व्यवस्थापन गर्न मेयर बालेन्द्र साह गम्भिर हुनुपर्छ । ’

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS