काठमाडौं । आज साताको पहिलो दिन शेयर बजारमा गिरावट आएको छ । आज आज शेयर बजार नेप्से परिसूचक २१ दशमलव ९९ अंकले घटेर २,०११ दशमलव १४ को विन्दुमा कायम भएको छ । आज २९ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १९० कम्पनीको शेयर मुल्य घटेको छ ।
आज १ अर्ब ४४ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै आइएमई लाइफको शेयर कारोबार भएको छ । आज कम्पनीको ६ करोड ६३ लाख रपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ४ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ज्योति विकास बैंकको ४ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको ४ करोडमाथिको शेयर कारोबार भएको छ ।