IME Life New

संसदको गतिरोध तत्काल अन्त्य हुनुपर्छः रास्वपा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदको गतिरोध अन्त्य गर्नुपर्नेमा जोड दिएको छ । सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्ष दल एमालेले सदन अवरुद्ध गरिरहेका बेला रास्वपाले भने आईतवार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरुको बैठकमा सदन भित्रै आफ्नो विमतिहरु राखेर समस्याको समाधान गर्नुपर्ने बताएको हो ।

संसदलाई प्रभावकारी र गतिशील बनाएर सबै विमतिहरु त्यहीँ भित्र हल गर्नका लागि आफ्नो पार्टीले बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलसँग आग्रह गरेको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । उनले देश र जनतालाई केन्द्रमा राखेर सत्तापक्ष र प्रमुख प्रतिपक्षले सदनलाई प्रभावकारी बनाउनु ध्यान दिनुपर्ने बताए ।

Esewa
Crest

प्रमुख सचेतक परियारले भने, ‘आज सम्माननीय सभामुखले प्रमुख सचेतकहरुलाई विशेष गरेर कार्य व्यवस्था परामर्श समितिमा बसेर पनि कुरा खासै टुंगिएको छैन । जुन गाँठो परेको थियो । त्यो गाँठो फुकिसकेको छैन । कमसेकम प्रमुख सचेतकहरुसँग बसेर एक पटक छलफल गर्न पाए हुन्थ्यो भनेर उनले आज पटक हामीलाई बोलाएका थिए । र, हामी आयौं । कुरा त्यही छ । अस्ती जहाँ अडिएको थियो । सत्तापक्षको पनि कुरा त्यही हो । प्रमुख प्रतिपक्षको कुरा त अझ हामी बलियो ढंगले प्रश्तुत हुन्छौं भन्ने कुरा छ ।

मैले आफ्नो तर्फबाट यो तपाईहरुको जडताले सदनलाई यो खालको बन्दी बनाएको छ । यसले राम्रो गरेको छैन । सदनमा अन्य दलहरु पनि छन् । सदनको जनमत हेर्ने हो भने त्यो जनमतको लोकप्रियता पनि तपाईहरुले बुझ्नु भएन, स्वीकार्नु भएन । हामीलाई त सदनमा यसरी बोल्न नदिँदा पनि केही फरक पर्दैन । किनभने हिजो पनि हामी जनताको माझबाट आएका हौं । आज पनि जनतामा गएर बोल्छौं । तर कुरा के हो भने यो प्रणालीमाथि प्रश्न चिन्ह नहोस् ।

तपाईहरुको संघर्षले यो व्यवस्था आएको हो । हामी यसलाई समृद्ध गर्न चाहन्छौं । अझ यसलाई हामी जनताको पक्षमा बनाउन चाहन्छौं । यो गाम्भिर्यतामा सबैमा हुनुपयर्ने भनेर मैले मेरो कुरा राखेँ । राष्ट्रिय स्वतन्त्र पार्टी हामी जिम्मेवार छौं । यसलाई खुलाउनका लागि हामीले पहल गरिराखेका छौं । जे गर्नु छ । सदनमै गरौं । सदनलाई प्रभावशाली बनाऔं । गतिशील बनाऊ । हाम्रा विमतिहरु सबै सदनमा राखौं । तर फेरि हाम्रो अभ्यास, यो लोकतन्त्रको सिमितता आदिले सदन अगाडि लैजान नसक्ने बाध्यता छ । अलिकति हामीले देश र जनतालाई केन्द्रमा राख्यौं भने पार्टीहरु पनि आफ्नो जडताबाट आउने हुन कि भन्ने आशा चाहीँ छ ।’

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS