काठमाडौं । आज नेपाल स्टक एक्सचेन्जमा दुई कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । प्रभु लाइफ इन्स्योरेन्सको १९ लाख ६० हजार कित्ता र सामुदायिक लघुवित्तको १ लाख ३२ हजार कित्ता बोनश शेयर सूचिकृत भएको हो । उक्त बोनश शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाउनेछन् ।
त्यस्तै, सामुदायिक लघुवित्तको असार २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनश शेयर सूचिकृत गराएको हो । त्यस्तै प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको जेठ २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ९ दशलमव ८ प्रतिशत बोनश शेयर सूचिकृत भएको हो ।