काठमाडौं । आज नेप्से परिसूचक ८ दशमलव ०१ अंकले बढेर २,०३३ दशमलव १३ को विन्दुमा कायम भएको छ । आज १३५ कम्पनीको शेयर मुल्य बढेको छ भने ७८ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ का इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले १० प्रतिशतका दरले कमाएका हुन् । लिवर्टी इनर्जी कम्पनीका लगानीकर्ताले ९ दशमलव ७४ प्रतिशतका दरले कमाएका छन् । अपर साँङगे हाइड्रोका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै लक्ष्मी इक्विटी फण्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ७ प्रतिशतका दरले गुमाएका हुन् ।