काठमाडौं । आज नेप्से परिसूचक ८ दशमलव ०१ अंकले बढेर २,०३३ दशमलव १३ को विन्दुमा कायम भएको छ । आज १३५ कम्पनीको शेयर मुल्य बढेको छ भने ७८ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २७१ कम्पनीको ४० लाख ९ हजार २६३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५४ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोल्टी होटलको शेयर कारोबार भएको छ । आज कम्पनीको १३ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, हिमालयन लाइफको ७ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । घोराही सिमेन्टको ५ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।