IME Life New

इजाजत नलिइ बीमा प्रकृतिका व्यवसाय संचालन नगर्न प्राधिकरणको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमक बाहेकका संगठित संस्थाहरुलाई बीमा व्यवसायसँ सम्बन्धीत कारोबार नगर्न आग्रह गरेको छ । नेपाल बीमा प्राधिकरणले एक सुचना जारी गर्दै बीमा ऐन २०७९ बमोजिम इजाजत नलिइ बीमा प्रकृतिका व्यवसाय संचालन गर्न नहुने भन्दै बीमक बाहेकका संगठिक संस्थाहरुलाई उक्त कार्य नगर्न आग्रह गरेको हो ।

बीमा कम्पनीहरु बाहेकका संगठिक संस्थाहरुले बीमासँग सम्बन्धीत कारोबार गरेको देखिएको हुँदा यस्तो कार्य गर्नेहरुलाई बीमा ऐन अनुसार बीमा कसूर मानिने र दण्ड जरिवाना समेत हुने भएकाले यस्तो कार्य नगर्न आग्रह गरेको हो । बीमा ऐन विपरित हुनेगरी कसैले पनि बीमा व्यवसाय सम्बन्धीत कारोबार व्यवसाय, व्यापार वा उद्योग गर्ने वा अन्य कुनै पनि प्रयोजनका लागि आफ्नो कम्पनी, कर्म वा संस्थाको नाममा बीमा, पुनर्बीमा, बीमा कोष जस्ता शब्दहरु प्रयोग नगर्न  प्राधिकरणले आग्रह गरेको हो ।

Esewa
Crest

साथै, बीमा प्राधिकरणबाट इजाजतपत्र प्राप्त बीमक बाहेक अन्य कुनै कम्पनी, फर्म वा संस्थासँग बीमा सम्बन्धी कारोबार वा बीमा व्यवसाय नगर्न नगराउन समेत कम्पनीले सबैलाई सूसुचित गरेको छ ।

बीमा ऐन २०७९ अनुसार बीमा प्राधिकरणबाट इजाजतपत्र नलिई कसैले पनि बीमा, पुनर्बीमा, बीमाकोष जस्ता जुनसुकै शब्दहरु प्रयोग गरी वा नगरी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बीमा व्यवसाय सम्बन्धीत कुनै पनि कारोबार व्यवसाय, उद्योग वा व्यापार गराउनु कानून विपरित हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

89%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

11%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS