काठमाडौं । हिजो साताको पहिलो दिन बढेको शेयर बजारमा आज भने गिरावट आएको छ । आज सामान्य अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ३ दशलमव ६१ अंकले घटेर २,०७७ को विन्दुमा कायम भएको छ । आज ६८ कम्पनकिो शेयर मुल्य बढेको छ भने १४५ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज २ अर्ब ९ करोडको शेयर कारोबार हुँदा सबैभन्दा धेरै आइएमई लाइफ इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज कम्पनीको ११ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, सोल्टी होटलको १० करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । घोराही सिमेन्टको ८ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । माछापुच्छ्रे बैंकको ६ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।