काठमाडौं । हिजो साताको पहिलो दिन बढेको शेयर बजारमा आज भने गिरावट आएको छ । आज सामान्य अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ३ दशलमव ६१ अंकले घटेर २,०७७ को विन्दुमा कायम भएको छ । आज ६८ कम्पनकिो शेयर मुल्य बढेको छ भने १४५ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा २७९ कम्पनीको ५४ लाख १७ हजार ९२८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आइएमई लाइफ इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज कम्पनीको ११ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, सोल्टी होटलको १० करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । घोराही सिमेन्टको ८ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । माछापुच्छ्रे बैंकको ६ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाउका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका हुन् । अपर सांगे हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९७ प्रतिशतका दरले कमाएका छन् । सिवाइसी नेपालका लगानीकर्ताले ७ दशमलव ४४ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशलमव ४६ प्रशिततका दरले गुमाएका छन् ।