IME Life New

अप्पर लोहोरे हाइड्रोपावरको आइपीओ बाँडफाँड मिति तय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अप्पर लोहोरे हाइड्रोपावर कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ सोमबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनआईएसी एशिया क्यापिटलले सोमबार साँझ ५ बजे बत्तीसपुतलीमा आइपीओ बाँडफाँड गर्ने तयारी गरेको हो ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार अन्तिम दिन साँझ ५ः०६ बजेसम्ममा १३ लाख ४३ हजार २६ आवेदकबाट १ अर्ब ५१ करोड ३२ लाख २१ हजार रुपैयाँ बराबरको १ करोड ५१ लाख ३२ हजार २१० कित्ता शेयरको लागि आवेदन परेको हो ।

Esewa
Crest

कम्पनीले साउन १८ गतेदेखि साउन २२ गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई १९ लाख ५३ हजार २ सय ७९ कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि शेयर निष्काशन गरि बाँडफाँड समेत गरिसकेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। आइपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%
happy

खुसी

0%
sad

दु :खी

20%
amazed

अचम्मित

13%
excited

उत्साहित

7%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS