Connect IPS
IME Life

रोड टु ग्लोबल ईस्पोर्ट्स गेम्स क्वालिफायरको रजिस्ट्रेसन खल्तीबाट गर्न सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । खल्तीले ई–स्पोर्ट्स गेमिङप्रति बढ्दो रुचिलाई मध्यनजर गर्दै नेसा र ग्लोबल इस्पोर्ट गेम्सको सहकार्यमा ‘रोड टु ग्लोबल ई–स्पोर्ट्स गेम्स क्वालिफायर’ गेमिङ टुर्नामेन्टको रजिस्ट्रेसन सुविधा उपलब्ध गराएको छ। सो रजिस्ट्रेसन सुविधा साउन २४ गतेदेखि साउना ३० गतेसम्मका लागि उपलब्ध गराइएको जनाइएको छ ।

साउन ३० देखि सुरु हुने यस टुर्नामेन्टमा डोटा २, पबजी, स्ट्रिट फाइटर र ई–फुटबल गरी ४ वटा गेम छन्। ई–स्पोर्ट्स गेमिङमा रुचि भएका र खेल्न इच्छुक जोसुकैले पनि खल्तीमार्फत रजिस्ट्रेसन गरी निःशुल्क सहभागिता जनाउन सक्नेछन्।

Prabhu
Crest

प्रतियोगीले गेमको नियमहरुमा सीमित रहेर प्रतिस्पर्धा गर्नेछन्। सहभागीमध्ये डोटा २ र पबजीतर्फ १–१ टिमका साथै स्ट्रिट फाइटर र ई–फुटबलतर्फ १–१ प्रतिस्प्रधी नेसनल क्वालिफायरका विजेता बन्नेछन्। क्वालिफायरका विजेताहरु साउदी अरेबियामा हुने अन्तर्राष्ट्रिय ई–स्पोर्ट्स गेमिङ टुर्नामेन्टमा सहभागी हुने अवसर प्राप्त गर्नेछन्।

यसबारे ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन्, ‘हामीले ‘खल्ती’ लाई डिजिटल वालेटका रुपमा मात्र नभएर ट्रेन्डी र लाइफ स्टाइल ब्रान्डका रुपमा प्रस्तुत गर्दै आइरहेका छौँ। हामीले आफ्ना प्रयोगकर्तालाई आफ्नो प्रतिभा र क्षमता प्रस्तुत गर्न विभिन्न कार्यक्रमको रजिस्ट्रेसन सुविधा पनि उपलब्ध गराउँदै आएका छौँ। त्यसैअनुरुप हामीले यस ई–स्पोर्ट्स गेमिङको दर्ता सेवा उपलब्ध गराएका हौँ। यस सुविधाले खल्ती प्रयोगकर्तामा थप उत्साह प्रदान गर्नेमा हामी विश्वस्त छौँ।’

आईएसओ २७००१ः२०१३ बाट मान्यता प्राप्त साथै हालसालै WITSA Global Innovation & Tech Excellence Awards 2022 बाट सम्मानित खल्ती आफ्नो सेवाको छैटौँ वर्षमा छ। खल्तीमा देशभरिका ३१ लाखभन्दा बढी प्रयोगकर्ता, ७० हजारभन्दा बढी एजेन्ट, ६० हजारभन्दा व्यापारी, ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था, १ हजारभन्दा बढी सहकारी र २५० भन्दा बढी कर्मचारीको परिवारमा रुपान्तरण भएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS