Connect IPS
IME Life

निप्स कोशी प्रदेशद्धारा विदाइ तथा स्वागत कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी (निप्स) कोशी प्रदेशद्धारा नेपाल बीमा प्राधिकरणका प्रदेश प्रमुख कुन्दन सापकोटालाई बिदाइ गरेको छ । उनको नेपाल प्राधिकरण प्राधिकरण केन्द्रिय कार्यालयमा सरुवा भएको कारण निप्ले यस प्रादेशिक कार्यालयबाट बिदाई गरेको हो । त्यस्तैगरी, नव सरुवा भइ‌ आएका कोशी प्रदेश प्रमुख विनोद कुमार पोखरेललाइ स्वागत कार्यक्रम आयोजना गरिएको हो ।

उक्त समारोहमा जीबन बीमा, निर्जीव बीमा,र सर्भर का सम्पुर्ण प्रादेशिक प्रमुख र शाखा प्रमुखहरुको उपस्थित रहेको थियो।

Prabhu
Crest

कार्यक्रममा बोल्दै प्राधिकरणको कोशी प्रमुख कुन्दन सापकोटाले छोटो बसाइ सुखमय रहेको र सबैले साथ सहयोग गरेको व्यक्त गर्दै कोशी प्रदेश अन्तर्गत सम्पूर्ण तह र तप्काहरु प्रति हार्दिक कृतज्ञता प्रकट गर्दै बीमा क्षेत्रको बिकासमा सम्पुर्ण सरोकारवालाहरुले सकारात्मक सोचबाट बीमा क्षेत्रको बिकासमा जोडदिनु पर्ने कुरामा सहमत भएको कुरामा खुसी प्रदान गरे ।

त्यस्तै, नव आगन्तुक कोशी प्रदेश प्रमुख विनोद कुमार पोखरेलले बीमा प्राधिकरण, जीबन बीमा र निर्जीवन बीमा सबैको एउटै उद्देश्य हो, यस क्षेत्रमा बीमा क्षेत्रको बिकास हो । यसमा सम्पुर्ण सरोकारवालाहरुसग प्राधिकरण काधमा काध मिलाएर अघि बढ्ने जानकारी दिए । कोशी प्रदेश आफ्नो जन्मथलो समेत भएको हुदा यस प्रदेशमा आफ्नो अझ बढि उतर दायित्व रहने जानकारी दिए ।

त्यस्तैगरी, निप्सका सल्लाहकार हिमालयन लाइफ इन्स्योरेन्स कोशी प्रदेश प्रमुख भुपराज पराजुलीले कुन्दन सर सबैको प्रिय ब्यक्तित्व र असल नेतृत्वकर्ता रहेको हुदा उनलाइ कोशी प्रदेशले जहिले स्मरण गरिरहने बताए ।

त्यस्तै, एनएलजी इन्स्योरेन्सका प्रादेशिक प्रमुखले उनको कार्यकाल छोटो भएपनि महत्वपूर्ण भएको जानकारी दिए । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशको स्थापना भए पश्चात जीबन बीमा, निर्जीव बीमा तथा सर्भयर एक आपसमा अझ आत्मीयता स्थापना भएको र सबै मिलेर बीमा क्षेत्रको बिकासमा एकजुट भइ सहभागिता जनाउने गरेको निप्सका वरिष्ठ उपाध्यक्ष प्रदिप बाबु तिवारीले जानकारी दिए ।

उक्त कार्यक्रममा नेपाल बीमा प्राधिकरण कोशी प्रदेशको अधिकृतहरु क्रमश मेलिना खरेल , पुष्पा खनाल लगायत कर्मचारीहरु उपस्थित रहेको थियो। उक्त कार्यक्रम निप्सको अध्यक्ष मदन खतिवडाको प्रमुख अध्यक्षतामा सम्पन्न भएको थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS