IME Life New

काँग्रेस सांसद समेत रहेका मेडिकल कलेज व्यवसायी सुनिल शर्मा पक्राउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराे(सीआईबी) ले मेडिकल कलेज सञ्चालक समेत रहेका नेपाली काँग्रेसका सांसद डा‍. सुनिल कुमार शर्मालाई पक्राउ गरेकाे छ। शर्मासँग आइएस्सी तहकाे शैक्षिक प्रमाण पत्र नक्कली भएकाे विषयमा अनुसन्धानकाे क्रममा सिआइबीले उनलाई नियन्त्रणमा लिएकाे हाे ।

ब्यूरो प्रमुख किरण बज्राचार्यले बिहीबार पत्र पठाएर प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई सांसद शर्मा पक्राउबारे जानकारी दिएकी हुन्। सभामुख घिमिरेलाई पठाएको पत्रमा भनिएको छ, ‘फौजदारी कसूरको अनुसन्धानको क्रममा पक्राउ परेका निज सुनिलकुमार शर्मा जिल्ला मोरङ, क्षेत्र नं. ३ का नेपाली कांग्रेसका तर्फबाट २०७९ सालको प्रत्यक्षतर्फ प्रतिनिधि सभामा निर्वाचित सांसद रहेकाले नेपालको संविधानको धारा १०३ को उपधारा ६ बमोजिम प्रतिनिधि सभाको सदस्य निज सुनिलकुमार शर्मा पक्राउ परेको यसै पत्रद्वारा सम्माननीय सभामुख समक्ष सूचना एवं जानकारी गराइएको बेहोरा सादर अनुरोध गरिएको छ।’

Esewa
Crest

सांसद पक्राउकाे जानकारी सभामुखलाई दिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ। व्यवसायी शर्मा गत मंसीरमा सम्पन्न निर्वाचनमा मोरङ-३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS