Connect IPS
IME Life

नेपाल टेलिकमले शुरु गर्यो १ जीबीपीएस उच्च गतिको एफटीटीएच इन्टरनेट सेवा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल टेलिकमले १ जीबीपीएस (१००० एमबीपीएस)सम्म उच्च गति भएको एफटीटीएच इन्टरनेट सेवा प्रारम्भ गरेको छ। यसअघि कम्पनीले १०० एमबीपीएससम्म उच्च गति भएको एफटीटीएच सेवा उपलब्ध गराइरहेकोमा अब एकैपटक यति धेरै क्षमता भएको इन्टरनेट सेवा उपलब्ध गराएको हो।

हाल कम्पनीले जीपोन प्रविधिमार्फत उपलब्ध गराइरहेको एनटी फाइबर इन्टरनेटमध्ये सबैभन्दा उच्च गति १०० एमबीपीएस रहेकोमा अब एक्सजीपोन प्रविधिमा आधारित उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएको हो। सो सेवा ५०० एमबीपीएस र १ जीबीपीएस गरी दुईवटा प्याकेजमा उलपब्ध हुनेछ। यसको डाउनस्ट्रिम क्षमता १० जीबीपीएस र अपस्ट्रिम क्षमता २।५ जीबीपीएस हुनेछ।

Prabhu
Crest

प्रिमियम एफटीटीएच ५०० एमबीपीएसअन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिनेछ भने अन्य नेटवर्कमा प्रतिमहिना ३५० मिनेट कल गर्न सकिनेछ। यो प्याकमा ०.५ टीबी डाटा प्रतिदिन प्रयोग गर्न सकिने छ। प्रिमियम एफटीटीएच १ जीबीपीएसअन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिनेछ भने अन्य नेटवर्कमा प्रतिमहिना ५०० मिनेट कल गर्न सकिनेछ। यो प्याकमा १ टीबी डाटा प्रतिदिन प्रयोग गर्न सकिनेछ।

दुवै प्याकेजमा एउटा आईपीटीभी, सीपीई र सेटटप बक्स तथा ३०० मिटर ड्रप फाइबर निःशुल्क उपलब्ध हुनेछ। ५०० एमबीपीएसको ‘प्रिमियम एफटीटीएच ५०० एमबीपीएस’ प्याकेज वार्षिक ८० हजार रुपैयाँ र १ जीबीपीएसको ‘प्रिमियम एफटीटीएच १ जीबीपीएस’ प्याकेज वार्षिक १ लाख १० हजार रुपैयाँमा उपलब्ध हुनेछ। यो सेवा वा अन्य एफटीटीएच सेवा प्राप्त गर्न चाहनुहुने मुलुकभरका सेवाग्राहीले १९८–१ ९१९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरि १ डायल गरी० मा डायल गरेर आफूलाई आवश्यक पर्ने सेवा जडान तथा मर्मतका लागि दर्ता गर्न सकिने व्यवस्था छ।

हालका लागि काठमाण्डौ उपत्यकामा यो सेवा उपलब्ध गराइएको छ। व्यावसायिक संस्थाहरु यो सेवा प्रयोगबाट लाभान्वित हुने नेपाल टेलिकमले अपेक्षा गरेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS