काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलन गरेर प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सर्वसाधारणाका लागि आइपीओ निष्काशनको तयारी भइरहेको जानकारी दिएका हुन् ।
आइपीओ निष्काशनका लागि प्राधिकरणले रेटिङ समेत गराइसकेको बताएका छन् । इक्रा नेपाल बाट गरेको रेटिङमा डबल ए प्लस रेटिङ पाएको बताए । उनका अनुसार विद्युत प्राधिकरण ऐन २०४१ अनुसार शेयर जारी गर्न लागिएको हो ।
प्राधिकरणको खुद आम्दानी आर्थिक वर्ष २०७८/०७९ मा ८१ अर्ब रहेकोमा आर्थिक वर्ष २०७९/०८० खुद आम्दानी बढेर ११८ अर्ब पुगेको छ ।