Connect IPS
IME Life

नेप्सेमा दुई कम्पनीको आइपीओ सूचिकृत, कतिमा होला पहिलो कारोबार ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज बिहीवार नेपाल स्टक एक्सचेन्जमा दुई कम्पनीको आइपीओ सूचिकृत भएको छ । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको ४९ लाख २५ हजार कित्ता र अप्पर स्याङ्गे हाइड्रोपावरको २२ लाख कित्ता साधारण शेयर सूचिकृत भएको हो । अब यी दुवै कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा आइतवार देखि कारोबारमा आउनेछ । यस कम्पनीको स्टक सिम्बोल यूएसएचएल रहेको छ ।

अप्पर स्याङ्गे हाइड्रोपावरको नेप्सेले पहिलो कारोबारको लागि ८४ रुपैयाँ ५४ पैसादेखि २५३ रुपैयाँ ६२ पैसा ओपनिङ रेञ्ज प्रदान गरेको छ । यही रेञ्जका आधारमा कम्पनीको शेयर धितोत्रको दोस्रो बजारमा आइतवार देखि कारोबारमा आउनेछ ।

Prabhu
Crest

कम्पनीले सर्वसाधारण लगानीकर्ता, वैदेशिक रोजगारीमा गएका नेपाली,सामूहिक लगानी कोष,स्थानिय र कर्मचारीहरुको लागि निष्काशन गरेको कुल ८ लाख ७० हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको १३ लाख ३० हजार गरेर कुल २२ लाख कित्ता साधारण शेयर सूचिकृत गराएको हो । साथै कम्पनीले सूचीकरण पश्चात दिनुपर्ने सेवा सिद्धार्थ क्यापिटल लिमिटेड नक्साल काठमाडौंबाट हुने जनाएको छ ।

त्यस्तै नेप्सेले थ्रिस्टार हाइड्रोपावरको पहिलो कारोबारको लागि ८५ रुपैयाँ ६५ पैसादेखि २५६ रुपैयाँ ९५ पैसासम्मको ओपन रेञ्ज प्रदान गरेको छ । यही मूल्य रेञ्जको आधारमा कम्पनीको शेयर आइतवार देखि दोस्रो बजारमा कारोबारमा आउनेछ । यस कम्पनीको स्टक सिम्बोल टिएसएचएल रहेको छ ।

कम्पनीले सर्वसाधारण लगानीकर्ता, वैदेशिक रोजगारीमा गएका नेपाली,सामूहिक लगानी कोष,स्थानिय र कर्मचारीहरुको लागि निष्काशन गरेको कुल १२ लाख ३१ हजार २५० कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ३६ लाख ९३ हजार ७५० कित्ता गरेर कुल ४९ लाख २५ हजार कित्ता साधारण शेयर सूचिकृत गराएको हो ।

साथै कम्पनीले सूचीकरण पश्चात दिनुपर्ने सेवा हिमालयन क्यापिटल लिमिटेड ठमेल काठमाडौंबाट हुने जनाएको छ ।

1691649618891
1691649801050

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS