Connect IPS
IME Life

घोराही सिमेन्टको आईपीओको शेयर डिम्याटमा आयो, जिसीआईएल सिम्बलबाट कारोबार हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं ।  घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको आईपीओमा परेको शेयर डिम्याट खातामा जम्मा भएको छ । कम्पनीको शेयर  GCIL सिम्बलबाट मेरो शेयरमा देखिएको हो । नेप्सेमा अब जिसीआईएल सिम्बलबाट कारोबार हुनेछ ।

अब आवश्यक प्रक्रिया पश्चात् कम्पनीको शेयर दोश्रो बजारमा सूचीकृत हुनेछ । नेप्सेले कम्पनीलाई पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता २२६ रुपैयाँ ६१ पैसा देखि अधिकतम ६७९ रुपैयाँ ८३ पैसासम्म रेञ्ज दिने सम्भावना देखिएको छ । पहिलो कारोवारको लागि कम्पनीले वास्तविक किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन् । कम्पनीको आर्थिक वर्ष ७८/७९ को वास्तविक नेट्वर्थको आधारमा रेञ्ज पाउने सम्भावना छ । स्पेसल प्री ओपनिङ सेशनमा सो रेञ्ज भित्र पहिलो कारोबार हुनुपर्छ । त्यसपछि मात्र कम्पनीको नियमित समयमा शेयर कारोवार शुरू हुन्छ ।

Prabhu
Crest

आईपीओमा  कुल ५ लाख ८१ हजार ५ सय ४६ जना आवेदकबाट १ करोड ३ लाख २४ हजार २ सय ६० कित्ताको लागि आवेदन परेको थियो । जसअनुसार ५ लाख ५७ हजार ७ सय १ जना आवेदकको आवेदन मात्र योग्य रहेका थिए । आवेदन दिएका सबै आवेदकले शेयर पाएका छन् । आवेदकले न्युनतम १० देखि अधिकतम ८० कित्तासम्म शेयर पाएका छन् ।

कम्पनीले सर्वसाधारणलाई अंकित मूल्य १०० रुपैयाँमा ३२५ रुपैयाँ प्रिमियम थपेर प्रति शेयर ४३५ रुपैयाँमा शेयर निष्काशन गरेको हो । कम्पनीले सर्वसाधारणलाई कुल ६९ लाख ११ हजार ६ सय ७० कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणलाई शेयर निष्काशन गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

9%

खुसी

0%

दु :खी

18%

अचम्मित

36%

उत्साहित

36%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS