IME Life New

ब्रोकर कम्पनीहरु लगानीकर्ताप्रति जबाफदेही हुनुपर्छ:अध्यक्ष हमाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले ब्रोकर कम्पनीहरु लगानीकर्ताप्रति जबाफदेही हुनुपर्ने बताएका छन् । धितोपत्र ब्रोकर एसोसिएसन नेपालले आज काठमाडौंमा नयाँ ब्रोकर कम्पनीहरुको स्वागत गर्ने कार्यक्रममा उनले लगानीकर्ताप्रति जवाफदेही र जिम्मेवार भएर काम गर्नुपर्ने बताएका हुन् ।

उनले भने ब्रोकरहरुले लगानीकर्ताहरुको कारोबार सेटलमेन्टलाई सहज बनाउनुपर्छ । सबै ब्रोकर कम्पनीहरुबीच प्रतिष्पर्धा हुनुपर्छ तर, स्वच्छ ढंगको प्रतिस्पर्धा हुनुपर्ने उनको भनाई छ । ब्रोकरहरुले टेक्नोलोजी मार्फत आफुलाइृ सक्षम बनाएर जिम्मेवार ढङगबाट अगाडी बढ्न सके मात्रै लगानीकर्ताको विश्वस र भरोसा जित्न सकिन्छ’, उनले भने।

Esewa
Crest

उनले भने बजारको अझै  द्रुत विकास गर्नका लागि बोर्डले धेरै प्रयास गर्नुपर्नेछ । जसका लागि हामीले हाम्रो नीति तथा कार्यक्रम मार्फत पनि धेरै कुराहरु समावेश गरेका छौं । मेरो कार्यकाल थोरै छ, मैले राखेका नीतिहरुमा मैले समय दिइरहेको छु । नले भने, अझै सक्दो प्रयास गर्नेछु।

‘पीईभीसी, स्टार्टअप कम्पनी, एसएमई प्लेटफर्मका लागि नयाँ नियमावली आउँछ’, उनले भने, ‘नियमावलीको मस्यौदा तयार गरी स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइएको छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS