IME Life New

हाथवे इन्भेष्टमेन्ट नेपालको आइपीओ बाँडफाँड मिति तय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि विक्री गरेको आइपीओ भोलि साउन २५ गते बाँडफाँड गर्ने मिति तय गरेको छ । धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको काठमाडौं नक्सालस्थित कार्यालयमा बिहान ९ बजे आइपीओ बाँडफाँड गरिने जनाएको छ ।

कम्पनीले गत साउन ४ गतेदेखि साउन १८ गतेसम्म विदेशमा रहेका नेपाली श्रमिकहरुका लागि आइपीओ बिक्री खुला गरेको थियो। कम्पनीले धितोपत्र बोर्डबाट जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२।५ प्रतिशतले हुन आउने ५० रुपैयाँ अंकित मूल्यका कुल २९ लाख २५ हजार कित्ता आइपीओ बिक्रीको अनुमति पाएको छ।

Esewa
Crest

कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने २ लाख ९२ हजार ५०० कित्ता कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको थियो। अब कम्पनीले सर्वसाधारणका लागि दोस्रो चरणमा आइपीओ बिक्री खुला गर्नेछ। जसअनुसार कुल कित्ताको २ प्रतिशतले हुन आउने ५८ हजार ५०० कित्ता कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १ लाख ४६ हजार २५० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ। बाँकी २४ लाख २७ हजार ७५० कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

44%
happy

खुसी

22%
sad

दु :खी

11%
amazed

अचम्मित

11%
excited

उत्साहित

11%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS