Connect IPS
IME Life

राज्यले आफ्नो भुमिका निर्वाह गर्नुपर्ने दायित्वबाट पन्छिन मिल्दैनः मन्त्री गुरुङ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राज्यले आफ्नो भुमिका निर्वाह गर्नुपर्ने दायित्वबाट कुनैपनि बेलामा पन्छिन नमिल्ने बताएका छन् । बुधवार अन्तर्राष्ट्रिय आदिवासी, जनजाति दिवासका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आदिवासी जनजाति आयोगले कार्ययोजनाहरु बनाउनुपर्ने र त्यसको कार्यान्वयनका लागि सरकारले काम गर्ने बताए । उनले वर्तमान सरकार राज्यको भुमिका निर्वाह गर्ने कुनैपनि कुराबाट नपन्छिने बताए । उनले आदीवासी जनजातिहसँगै बसेर आदिवासी जनजातिका हकहीतसम्बन्धी कानून निर्माण र कार्यान्वयन गर्ने पक्षमा सरकारले सँगै रहेर काम गर्ने बताए ।

Prabhu
Crest

उनले भने, ‘आदिवासी जनजाति आयोगले विशेष ढंगबाट आफ्नो कार्यदिशाहरु निर्माण गर्दै, कार्ययोजनाहरु बनाउँदै, त्यसलाई कार्यान्वय गर्ने सन्दर्भमा सरकारको पूरा सहयोग रहनेछ । आगामी दिनमा नेपाल सरकारको तर्फबाट हामी र तपाईहरु सबै सँगै बसेर आदिवासी जनजातिका सन्दर्भमा आगामी दिनमा गर्नुपर्ने कार्यलाई सँगै बसेर छलफल गरेर अघि बढाउनेछौँ । कसले गर्छ, गर्दैन भनेर छुट्याउने भन्दा पनि हामी सबै एकै ठाउँमा उभिएका छौँ । सँगै बसेर अघि बढ्न चाहन्छौँ । आफ्नो राज्यभित्र रहेका आदिवासी जनजातिहरुका लागि राज्यले आफ्नो सम्पूर्ण भुमिका निर्वाह गर्नुपर्ने दायित्वबाट पन्छिन कहिले पनि मिल्दैन । अहिलेको सरकार त्यो ठाउँबाट पन्छिदैन ।’

मन्त्री गुरुङले देशमा विविध संस्कृति, भाषाले आदिवासीलाई एउटा सुन्दर फूलबारी बनाइदिएको भन्दै यसलाई जोगाएर राख्न सक्नुपर्ने समेत बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS