काठमाडौं । कोशी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिने भएको छ । विश्व आदिवासी तथा जनजाति दिवसको उपलक्ष्यमा प्रदेशभर बिदा दिने निर्णय गरेको हो । अगष्ट ९ लाई अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको मान्यता दिएको भन्दै प्रदेशका आदिवासीलाई सम्बोधन गर्दै बिदा दिएको प्रदेश सरकारले जनाएको छ।