Connect IPS
IME Life

शेयर बजारमा लगातार गिरावट, १९८ कम्पनीको शेयर मुल्य घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजारमा लगातार गिरावट आएको छ । गत आइतबारदेखि घटेको बजारले आज पनि निरन्तरता नै पाएको छ । गत आइतबार ३८ अंकले घटेको बजारमा हिजो सोमबार सामान्य ३ अंकले घटेको थियो भने आज पनि दोहोरो अंकको गिरावट भएको छ ।
आज शेयर बजार नेप्से परिसूचक २८ दशमलव ४० अंकले घटेर २,०१९ को विन्दुमा कायम भएको छ । आज २२ कम्पनीको शेयर मुल्य मात्रै बढेको छ भने १९८ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २६५ कमपनीको ४८ लाख ६० हजार ७४१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७३ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज पनि आईएमई लाइफको नै सर्वाधिक कारोबार भएको छ । हिजो पनि कम्पनीको सर्वाधिक कारोबार भएको थियो । आज कम्पनीको १७ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, शिवम् सिमेन्टको ६ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एभरेष्ट बैंकको ४ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिइडिबी हाइड्रोपावरको ४ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै स्वरोजगार लघुवित्त विकास बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । पिपुल्स पावरका लगानीकर्ताले ३ दशमलव ९४ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै ग्लोल आइएमई बैंकका डिबेञ्चर इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ९ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS